मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

विचित्र संसार

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति


  • विचित्र संसार
  • 49 पटक पढिएको
आफूलाई मन परेको केटा वा केटीलाई प्रपोज गर्ने तरिका अनेक हुन सक्दछन् । तर, रुसका एक युवकले प्रपोज गर्नका लागि जुन तरिका अपनाएका छन् त्यसले धेरैको होसहवास उडाउन सक्छ ।

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति

आखिर कोही मानिस कसैलाई प्रस्ताव राख्नका लागि यो हदसम्म कसरी जानसक्छ रु यो प्रश्न उठ्नु अस्वभाविक होइन । वास्तवमा ती युवक केही दिनअघि दुर्घटनामा परी घाइते भएका थिए । जसका कारण उनको पेटमा गम्भीर चोट लागेको थियो । पेटमा जुन ठाउँमा चोट लागेर काटिएको थियो उनले सोही ठाउँमा एउटा औँठी लुकाएर आफुलाई मनपर्ने नर्सलाई प्रपोज गर्ने अनौठो आइडिया निकाले ।

जब नर्स ती घाइते युवकको घाउको ड्रेसिङ गर्न आइन् र पेटको घाउमाथिको पट्टी हटाउन थालिन् तब उनले पट्टि मुनि औँठी फेला पारिन् । वास्तवमा पेटको त्यो घाउमा औँठी लुकाएर नर्सलाई सरप्राइज दिँदै उनले नर्सलाई प्रपोज गरिहाले । कुनै बिरामीले यस्तो पाराले आफुलाई प्रपोज गरेपछि नर्सले के गर्लिन् रु अचम्म त के भयो भने ती नर्सले ती घाइते युवकको प्रेम प्रस्ताव स्वीकारिन् । तर, घाउमा औँठी घुसाउने त्यस्तो मुर्खतापूर्ण कामका लागि भने उनले युवकलाई गाली गरिन् ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top