मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

राष्ट्रिय समाचार

माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति खत्री ६ दिनदेखि बेपत्ता !


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
११ जेठ, नेपालगन्ज । दोस्रो चरणको स्थानीय चुनाव नजिकिदै जाँदा आफ्नो पक्षधरलाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि सम्पर्कबिहीन भएका छन् ।

माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति खत्री ६ दिनदेखि बेपत्ता !

नेपाली कांग्रेस बाँके निर्वाचन क्षेत्र नं। १ मा पार्टीको आन्तरिक गुटको बिबादका कारण क्षेत्रीय कमिटीको बैठक माइन्युट नै लिएर क्षेत्रीय सभापति माधवराम खत्री ढकाल सम्पर्कबिहीन भएका हुन् ।

पार्टी स्रोतले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं। १ अन्तरगतका गाउँपालिका र नगरपालिकाको लागि उम्मेदवार सिफारिस गर्न बसेको बैठकका विबाद हुँदा बैठक स्थगित गरी माइन्युट फोटोकपी गर्न जान्छु भनेर बाहिरिएका उनी जिल्ला पार्टीको सम्पर्कमा आएका छैनन् । उनी पार्टी सभापति देउवा निकटका हुन् । नेपाली कांग्रेस बाँके निर्वाचन क्षेत्र नंं १ का क्षेत्रीय सचिव डिल्ली गिरीले पार्टीको जिल्ला कार्यसमितिलाई लेखेको पत्रमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउपालिकाको विभिन्न वडाहरुमा उम्मेदवार बनाउनको लागि वडा तहको सिफारिस नै नआएका व्यक्तिको नाम एकलौटी तरिकाले सिफारिस गर्न थालेपछि एक घण्टाको लागि बैठक स्थगित गरी निस्केको क्षेत्रीय सभापति खत्रीले नाम सिफारिस गरी आफू सम्पर्कबिहीन भएको पत्रमा उल्लेख गरिएको छ । यसैगरी कोहलपुर नगरपालिका पार्टी कमिटी सचिव भूमबहादुर भण्डारीले क्षेत्रीय सभापति खत्रीले एकलौटी तरिकाले गरेको सिफारिस पार्टीको केन्द्रीय परिपत्रको भावना विपरित भएकोले आफुहरुलाई मान्ने नहुने भन्दै जिल्ला पार्टीलाई पत्र लेखेका छन् । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलसँग निर्वाचन क्षेत्र नं। १ र कोहलपुर नगर कमिटीका सचिवद्वय गिरी र भण्डारीले लेखेको पत्र र उम्मेदवार छनौटको लागि पार्टीले अवलम्बन गरेको नीतिको बारेमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top