मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

राष्ट्रिय समाचार

भरतपुरको मत गणना रोचक मोडमाः देवीको अग्रता घटाउँदै रेणु !


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना र परीणाम रोचक मोडमा पुगेको छ । अहिलेसम्म महानगरका १७ वटा वडा गणना सकिँदासम्म एमालेले १० वटा जितेको छ भने कांग्रेसले ५ र माओवादीले एक र माओवादीबाट कारवाही भोगेका तर, माओवादीको चिन्हबाट चुनाव लडेका एकले वडाध्यक्ष जितेका छन् ।

भरतपुरको मत गणना रोचक मोडमाः देवीको अग्रता घटाउँदै रेणु !

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल कांग्रेसको प्रभाव क्षेत्र मानिएको भरतपुर महानगरबाट गठवन्धन बनाई मेयरमा उठेका कारण भरतपुर महानगरमा सबैको चासो छ । पोखरा महानगर र हेटौंडा उपमहानगरमा कांग्रेस माओवादी लड्खडाएको बेला भरतपुरमा के होला भन्ने चाँसो सबैमा हुनु स्वभाविक पनि छ ।

२९ वटा वडा रहेको भरतपुर महानगरमा अब १२ वटा वडाको मत गन्न बाँकी छ । गणना गर्न बाँकी पश्चिम चितवनका वडाहरु मूलत कांग्रेसको पकड र केही एमालेले जित्ने अपेक्षा गरिएको छ । यसरी हेर्दा रेणुको जित वा हार अब कांग्रेसको मत नै निर्भर हुने छ । महानगरका पश्चिमी वडाहरुमा मतगणना टोलीले मत गन्दै गर्दा गठवन्धनको पक्षमा आउने मत र गठवन्धनको बिरोधमा कांग्रेससहितको मतले भावी मेयरको निर्धारण गर्ने देखिन्छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top