मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

राष्ट्रिय समाचार

स्थानीय निर्वाचन नतिजा अन्तिम चरणमा स् ९४९ जना पुरुष निर्वाचित हुँदा महिला भने ३३९ जनामात्रै

  • राष्ट्रिय समाचार
  • 347 पटक पढिएको
काठमाडौ, जेठ ७ – बैशाख ३१ मा भएको तीन प्रदेशका ३४ जिल्लाको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनको २६२ तहको प्रमुख उपप्रमुखसहित वडाअध्यक्ष र सदस्यहरुको नतिजा आइसकेको छ भने बाँकी २१ तहको आउने क्रम जारी छ ।

स्थानीय निर्वाचन नतिजा अन्तिम चरणमा स् ९४९ जना पुरुष निर्वाचित हुँदा महिला भने ३३९ जनामात्रै

अहिलेसम्म सार्वजनिक भएको २६२ तहका प्रमुख तथा उपप्रमुखमा एमालेले अग्रता कायम गरेको छ ।  भभिअतष्यल(mबतबनबमबलल

प्राप्त नतिजामा आईतबारसम्म एमालेले ११२, नेपाली कांग्रेसले १०० र माओवादी केन्द्रले ४६ वटा स्थानीय तहको प्रमुख पद जित्न सफल भएका छन् । त्यस्तै राप्रपा, जनमोर्चा र स्वतन्त्रले सातवटा प्रमुख पद जोगाएका छन् ।

सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउँने र जनतालाई अधकारसम्पन्न बनाउने उदेश्यले गरिएको निर्वाचनमा पहिलो चरणको निर्वाचनमा एमालेले नगरपालिकाको प्रमुख र उप्रमुख मात्र हैन वडाअध्यक्ष पद पनि बढि नै जितेको छ । एमालेले ११६ उपाध्यक्ष पदमा विजय हासिल गर्दा नेपाली कांग्रेसले ७७ वटामामात्र जित्न सफल भएको छ ।

त्यस्तै माओवादीले ४७ वटा उपप्रमुख जित्न सफल भएको छ । उपप्रमुखतर्फ राप्रपाले ५, राष्ट्रिय जनमोर्चाले २, स्वतन्त्रले ४ र मजदुरकिसान पार्टीले १ पद अहिलेसम्म जितेका छन् ।

स्थानीय तहको प्रमुख पछिको महत्वपुर्ण पद वडाध्यक्षमा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमालेले अहिलेसम्म २२१ वटा वडाअध्यक्षमा कव्जा जमाएको छ भने कांग्रेसले १८१ र माओवादी केन्द्रले १०७ वटा वडामा विजयहासिल गरेको छ ।

त्यसैगरी राप्रपाले ११, स्वतन्त्रले ५, नयाँशक्ति फोरमले ३, राष्ट्रिय जनमोर्चा २ र नेमकिपाले १ वडा जितेका छन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये लैगिक आधारमा हेर्दा ९४९ जना पुरुष निर्वाचित बन्दा महिला भने ३३९ जनामात्रै अर्थात एक तिहाइमात्रै निर्वाचित भएका छन् । दलहरुले निर्वाचनमा पुरुषको तुलनामा महिलाहरुलाई कम संख्यामा उम्मेदवार बनाएकाले पनि उनीहरु कम भएका हुन् । पहिलो चरणको निर्वाचनमार्फत तीनवटा प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुदैछन् ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top