मकवानपुरका चारवटा गाउँपालिकाको मतपरिणाम सार्बजनिक, एमालेको ह्याट्रीक
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

मकवानपुरका चारवटा गाउँपालिकाको मतपरिणाम सार्बजनिक, एमालेको ह्याट्रीक

मकवानपुर समाचार प्रकाशित मिति: हरि हुमागाँई

तीन वटामा एमालेको अध्यक्ष र उपाध्यक्ष बिजयी, एउटामा माओबादीको अध्यक्ष र एमालेको उपाध्यक्ष बिजयी भएका छन् ।

तीन वटामा एमालेको अध्यक्ष र उपाध्यक्ष बिजयी, एउटामा माओबादीको अध्यक्ष र एमालेको उपाध्यक्ष बिजयी भएका छन् ।

हेटौडा । मकवानपुरको चारवटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहितको मतपरिणाम अनुसार नेकपा एमालेले तीन स्थानमा अध्यक्ष र चार गाउँपालिकामा उपाध्यक्षमा जित हासिल गरेको छ । यता नेकपा माओबादी केन्द्रले भने एक स्थानमा अध्यक्षमा बिजयी भएको छ । मकवानपुरको दश वटा स्थानिय तह मध्यमा चारवटाको मतपरिणाम सार्बजनिक हुँदा सम्म एमालेले जिल्लाको मकवानपुर गढी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका र कैलाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा बिजयी भएको हो । यता बागमति गाउँपालिकामा भने माओबादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको छ । 

      मकवानपुरको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको छ । एमालेका तर्फबाट विदुर हुमागाई ३८ सय १४ मत ल्याएर अध्यक्षमा निर्वा्चित हुनु भएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३६ सय  ५३ मत ल्याउनु भएको छ । यस्तै उपाध्यक्षमा एमालेकी हर्कमाया रुम्बाले ३७ सय १७ मत ल्याएर विजयी हुनु भएको छ । प्रतिद्वन्द्वी कांग्रेसकी  मन्दिरा केसी ३७ सय ७ मत ल्याउनुभयो । 

      मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षमा एमालेका टंक मोक्तान विजयी हुनु भएको छ । उहाँले २ हजार ८ सय २ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लोकबहादुर मुक्तानले २ हजार ३ सय ५९ मत पाउनुभयो । यस्तै कैलाश गाउँपालिकामा उपाध्यक्षमा एमालेकै सुकुमाया लामाले २ हजार ४ सय २५ मत ल्याएर जित्नु भएको छ । उपाध्यक्षमा कांग्रेस मिरा स्याङतानले २ हजार २ सय ५९ मत पाउनुभयो ।

      मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका जीवन लामा ३ हजार २०४ मतसहित गाउँपालिका अध्यक्ष विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वलाल लामाले २२७३ मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा पनि एमालेकी उमा लामा ३१९० मतसहित विजयी हुनुभएको छ । यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लक्ष्मी डंगोलले २०८१ मत ल्याउनुभएको छ ।

      मकवानपुरको बागमति गाउँपालिकामा नेकपा माओबादी केन्द्रका अध्यक्षका उमेदवार सर्केश घलान बिजयी हुनुभएको छ । उहाँले एमालेका उमेदवारलाई पछी पार्दै बिजयी हुनुभएको हो । बिजयी हुनुभएका घलानले ३ हजार २ सय २१ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धवन्दी नेकपा एमालेका अध्यक्षका उमेदवार राजकुमार तिमल्सीनाले ३ हजार ८६ मत प्राप्त गर्नुभएको छ । यता बागमति गाउँपालिकामा भने उपाध्यक्षमा नेकपा एमालेका धनमायाँ स्याङतान बिजयी हुनुभएको छ । उहाँले ४ मतले पछी पार्दै बिजयी हुनुभएको हो । स्याङतानले ३ हजार १ सय ४४ मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँका निकटरतम प्रतिद्धवन्दी माओबादी केन्द्रका बच्चुगोले खड्काले ३ हजार १ सय ४० मत प्राप्त प्राप्त गर्नुभएको हो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216456 Times Visited.

Top