कमानेमा आगलागी, पसल भएको कोठा जल्यो, आगो नियन्त्रणमा
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

कमानेमा आगलागी, पसल भएको कोठा जल्यो, आगो नियन्त्रणमा

मकवानपुर समाचार प्रकाशित मिति:

हेटौंडा, ३ जेठ । हेटौंडा ८ कमाने फारलाईन क्षेत्रमा एक घरमा आगलागी भएको छ । आगलागी किन भयो भन्ने पत्ता लागेको छैन । स्थानीय अर्जुन लामिछानेका अनुसार फारलाईन पावर हाउस नजिकै फूलमायाको घरमा आगलागी भएको हो । घरका सबै सदस्यहरु बारीमाा मकै गोड्न गएको बेलामा आगलागी भएको हो ।

आगलागीबाट घरमा भएको सिलिण्डर पड्किनुका साथै घरको तल्लो तल्लामा रहेको पसल संचालन भएको कोठा पूर्णरुपमा जलेको लामिछानेले बताएका छन् । घरको कोठामा मात्र क्षति पुगेको तर घर पुरै ध्वस्त नभएको उनले बताए । अचानक आगो लागेपछि गाउँलेहरु मिलेर दमकललाई फोन गरेको तर १ घण्टापछि मात्र दमकल पुगेर अहिले आगो नियन्त्रणमा लिएको छ । अचानाक लागेको आगो करेन्छ सर्ट भएर लागेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोली अहिले घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा आईसकेको छ । आगलागी कसरी भयो भन्ने अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216480 Times Visited.

Top