मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हाँडीखोलाबाट माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा


  • समाज
  • 8 पटक पढिएको
मनहरी, ३० बैशाख । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बिहानै नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका वडा नम्बर १ स्थित हाँडीखोलाबाट नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई आज बिहान करिब ४ बजे नियन्त्रणमा लिएको नेकपा माओवादी केन्द्र श्रोतले बताएको छ ।

हाँडीखोलाबाट माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा

नेपाल कम्यूनिष्ट पार्टीको विभिन्न संगठनमा आवद्ध भएका व्यक्तिहरुलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको भन्दै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको श्रोतले बताएको छ ।


घटनाको जिम्मा लिँदै विप्लव माओवादी श्रोतले पुरानो सत्ताले कुनै अपराधजन्य कार्यमा सहभागी नभएर आफ्नो विभिन्न पेशा, व्यवसायी गरी बसेका पार्टीका शुभचिन्तक, समर्थक र कार्यकर्ताहरुलाई मानशिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै नेकपाको जनसरकारले उम्मेदवारलाई नियन्त्रणमा लिएको जनाएको छ । यदि प्रहरी प्रशासनको यस्तै व्यवहार भईरहेमा अन्य उम्मेदवारलाई समेत नियन्त्रणमा लिन सक्ने श्रोतले बताएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top