मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

राष्ट्रिय समाचार

घरायसी झगडाको अनुसन्धान गर्न ल्याइएका आरोपित प्रहरीको शौचालयमा मृत भेटिए


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
प्यूठान, वैशाख २९ – इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा एक जना ब्यक्ति मृत फेला परेका छन् । स्वर्गद्वारी नगरपालिका–५ निवासी भुपेन्द्र गिरी बिहीबार राति मृत फेला परेका हुन् । घरायसी झगडामा अनुसन्धान गर्न भनि ल्याइएका ब्यक्ति शौचालयमा मृत भेटिनु रहस्यमय बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

घटना रहस्यमय भएको भन्दै स्थानीय बासिन्दाले अहिले प्यूठान–रोल्पा सडक खण्ड बन्द गराएका छन् । प्रहरीको कुटपिटबाट ज्यान गएको र घटना गुपचुप पार्न शौचालयमा झुण्डाइएको हुनसक्ने स्थानीय बासिन्दाको आरोप छ ।

बिहीबार राति १ बजेतिर उनी शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म नआएपछि उनलाई खोज्न जाँदा मृत भेटिएको प्रहरीले जनाएको छ । 

पोष्टमार्टमा आधारमा पीडितका आफन्तहरुले थप संघर्षका कार्यक्रम अघि सारीने जानकारी गराएका छन् । उनीहरुले घटनाको यथार्थ छानबिन, दोषीलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरी सडक बन्द गराएका हुन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top