मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मतदाताको परिचयपत्र बितरणको काम सुरु


  • समाज
  • 6 पटक पढिएको
२८ बैशाख–मकवानपुरका सबैजसो मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदाताको परिचयपत्र बितरणको काम सुरु गरेका छन् । आजदेखि मतदानको अघिल्लो दिन ३० गते सम्म मतदाता परिचयपत्र बितरणको काम गरिने कर्मचारीहरुले बताएका छन् । आज बिहानैबाट जिल्लाका २ सय ९५ वटा मतदान केन्द्रमा मतदाता परिचयपत्र लिनेहरुको निकै भिड समेत लागेको छ ।

मतदाताको परिचयपत्र बितरणको काम सुरु

 धेरै मतदाताहरु निकै उत्साहित भएर मतदाता परिचयपत्र लिएर घर फकिएका थिए । बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबका लागि मतदानका दिन चाहिने मत पेटिका लगायतका सबै सामाग्री मुख्य निर्बाचन अधिकृतको कार्यालय मकवानपुरले हिजो नै लगेपछी आजबाट यो काम सुरु गरेका हुन् । मतदाता परिचय पत्र वितरणको लागि आजदेखि ३० गतेको समय तोकिएको छ । आजबाट सम्पूर्ण मतदाताहरुले आ–आफ्नो मतदान केन्द्रमा गई खटिएको मतदान टोलीबाट आफ्नो मतदाता परिचय पत्र प्राप्त गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यस अघिको निर्वाचनको परिचयपत्रले यो चुनावमा मतदान गर्न नमिल्ने भएकोले आम सर्बसाधारणमा ३० गते भित्रमा आफ्नो फोटो सहितको मतदाता परिचयपत्र लिनको लागि समेत मुख्य निर्बाचन अधिकृतको कार्यालय हेटौडाले आवहान गरेको छ । बिशेषगरी मकवानपुरको हेटौडा उपमहाँनगरपालिका, थाहा नगरपालिका र आठवटा गाउँपालिकाका लागि मतदान अधिकृत सहितका कर्मचारीहरुले मतदाता परिचयपत्र बितरण गरेको मकवानपुरका मुख्य निर्बाचन अधिकृत दयाराम ढकालले बताउनुभयो । बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबका लागि यस जिल्लाका बिभीन्न मतदान केन्द्रमा १ हजार ७ सय ४२ जना कर्मचारी खटिएकाछन् ।



मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाको मतदाता नामावाली डीटेल्स






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top