मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड   

राष्ट्रिय समाचार

सिरहाको यातायात कार्यालयमा शक्तिशाली बम बिस्फोट


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
सिरहा, वैशाख २८ – नचिननेका मान्छेको समूहले सिरहाको लहानस्थित अञ्चल यातायात व्यवस्था कार्यालयमा शक्तिशाली कुकर बम बिस्फोट गराएको छ । बिहीबार दिउँसो १२ बजे यातायात कार्यालयमामा बम विस्फोट भएको हो । बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । बिस्फोटले गर्दा शौचालयको भित्ता चर्किएको छ । झ्यालका सिसाहरु फुटेका छन् ।

सिरहाको यातायात कार्यालयमा शक्तिशाली बम बिस्फोट

कार्यालयको माथिल्लो तल्लामा रहेको शौचालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । सेवाग्राहीको भिड लाग्ने यातायात कार्यालयमा बम बिस्फोट हुँदा सेवाग्राहीहरु भागदौड मच्चिएको थियो । बम बिस्फोटपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प रहेको कार्यालका प्रमुख ओमकार प्रसाद न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार दिउँसो आफ्नो कक्षमा  कार्यालयका कर्मचारीहरुसँग छलफल गरिरहेको बेला एक्कासी ठूलो आवाजमा बम विस्फोट भएको हो ।  

कसले र किन बिस्फोट गराएको हो भन्नै नखुलेको प्रहरीले जनाएको छ । चुनाव नजिकिँदै जाँदा जिल्लाको सुरक्षा व्यवस्था कडा नहुँदा बम बिस्फोटन भएको स्थानीय बासिन्दाको आरोप छ । घटनास्थलमा अहिले नेपाली सेना र प्रहरीको टोली पुगेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top