मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

विचित्र संसार

डाइटिङमा लगियो भुँडीवाल बाँदरलाई


  • विचित्र संसार
  • 102 पटक पढिएको
जिउ मोटो भएका मानिसहरु स्लिम बन्नका लागि डाइटिङ गरेको त सुनिएकै थियो । तर हुँदाहुँदा बाँदरले पनि डाइटिङ गर्न थालेको छ । घटना थाइल्याण्डको हो । थाइल्याण्डको राजधानी बैंककका वन्यजन्तु अधिकारीहरुलाई बजार नजिकै पर्यटकले फ्याँकेका खानेकुरा खाइरहने निकै घ्याम्पे मोटो बाँदरले ध्यान खिचिदियो ।

डाइटिङमा लगियो भुँडीवाल बाँदरलाई

त्यसपछि त्यो बाँदरलाई लठ्याउने औषधि हानियो र त्यसलाई वन्यजन्तु उद्दार केन्द्रमा लगियो । जहाँ त्यो बादरको स्वास्थ्य परीक्षण पनि गरियो । १५ किलो तौलको उक्त बाँदर सामान्य भन्दा ८।१० किलो बढि तौलको थियो । मोटोपनाका कारण उसको भुँडी यति ठूलो थियो की हिँडडुल गर्न पनि गाह्रो भैरहेको थियो । मोटोपनाले ज्यानै जोखिममा परेको उक्त बाँदरलाई वन्यजन्तु उद्धारकर्मीहरुले फ्याट क्याम्पमा हालिदिएका छन् ।

उक्त मोटे शिविरमा बाँदरलाई कडा डाइटिङमा राखिनुका साथै अन्य जनावरहरुसँग दौडिन पनि लगाइनेछ । यो मोटे बाँदर बैंककमा अंकल फ्याट्टीको नामले चर्चित थियो । बाँदरका बच्चाहरु यो मोटे काकासँग झुम्मिन्थे । किनकी यसको भिमकाय भूँडीमुनि जमिनमा कुनै न कुनै खानेकुरा लुकेको हुन्थ्यो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top