मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

बैशाख ३१ गते चुनाव हुने २८३ स्थानीय तहमा कति उम्मेद्वार ?


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
काठमाडौं, बैशाख २५ – बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा जम्मा ४९ हजार ३३७ उम्मेद्वार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि उम्मेद्वारको संख्या ४९ हजार ३३७ कायम भएको जानकारी गराए ।

बैशाख ३१ गते चुनाव हुने २८३ स्थानीय तहमा कति उम्मेद्वार ?

जस अनुसार पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएको छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत ९१७२३० र महिला ८.३५ प्रतिशत ९१५७०, नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत ९२५७०, महिला ८१.४३ प्रतिशत ९११२७० वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत ९१०२९६० महिला ४.१७ प्रतिशत ९४४८० जना रहेका छन् । यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत ९१७७२९० महिला ५.२९ प्रतिशत ९९५१०, महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको शर्माले बताए । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top