मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

भारतीय नाका हुँदै अरब लान खोजिएका ६ महिलाको उद्दार


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
बाँके, वैशाख २४ – भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका ६ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्दार गरेको छ । भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी ६ जना महिलालाई उद्दार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

भारतीय नाका हुँदै अरब लान खोजिएका ६ महिलाको उद्दार

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार देशका विभिन्न क्षेत्रबाट अनेक प्रलोभन दिएर भारतीय बाटो हुँदै अरब देशमा पठाउने योजनाका साथ कोहलपुरको बसपार्क, ढकेरी र जीगाउँमा राखिएका महिलालाई उद्दार गरिएको हो । प्रहरीले अवैध रुपमा खाडीका देशमा पठाउने कार्यमा संलग्न तीन जना एजेन्टलाई प्रक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत बाँकेमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले प्रक्राउ परेका व्यक्ति र उद्धार गरिएका महिलाको नाम भने खुलाएको छैन । यस घटनामा ठूलै गिरोह संलग्न रहेकाले थप अनुसन्धान जारी रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । – रासस







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top