मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

तीन दिनअघि बेपत्ता बालकको हत्या


  • समाज
  • 152 पटक पढिएको
१६ वैशाख । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ । बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनअघि बेपत्ता बालकको हत्या

गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवको दुईवर्षे छोरा रञ्जनकुमार यादवको टाउको काटेर घर नजिकैको बारीमा गाडिएको अवस्थामा शव फेला परेको इप्रका कार्यालय मिर्चैयाको प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो ।

 

बेपता बालकको खोजी गर्ने क्रममा घर नजिकैको बारीमा शव गाडिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइहेको उहाँको भनाइ छ । यस्तै पोखरीमा डुबेर सिरहा नगरपालिका–१९ स्थित जोघियामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय समेश यादवको चार वर्षीय छोरा धिरजकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा नुहाउन गएका बालक डुबेर अचेत अवस्थामा भेटिएपछि उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top