मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

सरकारलाई झड्का, निर्वाचनको बीचमा बजेट ल्याउने कार्य आचारसंहिता विपरित


  • समाज
  • 1 पटक पढिएको
बैशाख १६– निर्वाचन आयोगले दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने ठहर गरेको छ । सरकारले निर्वाचनकै बीचमा बजेट ल्याउने तयारी गरिरहेको बेला निर्वाचन आयोगले यस्तो ठहर गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलले निर्वाचनको बीचमा बजेट ल्याइने चुनावमा प्रभाव पर्न सक्ने भन्दै विरोध गर्दै आएको थियो ।

सरकारलाई झड्का, निर्वाचनको बीचमा बजेट ल्याउने कार्य आचारसंहिता विपरित

 सरकारले आगामी बैशाख ३१ र जेठ ३१ गते  दुई चरणमा चुनाव गर्ने घोषणा गरेको सन्दर्भमा पहिलो मितिको चुनाव सकिएलगत्तै बजेट ल्याउने  गरी तयारी गर्दै आएको थियो भने  संविधानअनुसार पनि जेठ १५ भित्र बजेट आइसक्नु पर्दथ्यो । आयोगले आचारसंहिता लाग्ने ठहर गरेसँगै अब सरकार बजेट ल्याउने  तयारीबाट पछि हट्नु पर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादको अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको विषयमा यस्तो निर्णय गरेको हो । आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकुल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्ष गर्ने ।’

आयोगले दुई चरणको निर्वाचनका मिति घोषणा भइसकेपछि निर्वाचनका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले गत फागुन १८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भएको र सो आचारसंहिता दोस्रो चरणको निर्वाचनसम्म लागू हुने भएकाले दुबै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट आउँदा निर्वाचन आचारसंहिता प्रतिकूल हुने आयोगले ठहर गरेको बताए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top