मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

नयाँशक्ति मकवानपुरमा अर्को झड्का


  • समाज
  • 1 पटक पढिएको
मकवानपुर/नयाँ शक्ति मकवानपुरमा एकपछि अर्को झड्का लागिरहेको छ । यो झड्का पार्टी परित्यागका कारण लागेको हो । पार्टीका जिल्ला परिषद् सदस्य तथा नयाँ शक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक श्रवणकुमार बर्तौलाले पार्टी परित्याग गरेका छन्। उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नयाँशक्ति मकवानपुरमा अर्को झड्का

 विगतमा डा.बाबुराम भट्टराईको विचार मन परेर नयाँशक्तिमा आबद्घ भएपनि हाल आएर नयाँशक्ति पार्टीको विचारसंग असहमती भएकाले माओवादी केन्द्रमै फर्किएको उनले बताए । ‘विचारसँग सहमत भएर नयाँ शक्तिमा गएको थिए । ’ उनको भनाई छ,‘ आज नयाँशक्ति पार्टी एउटा राजनीतिक दलजस्तो लागेन र माओवादी केन्द्रमै फर्किए । ’
बर्तौला आज हेटौंडामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रकी जिल्ला इन्चार्ज कुमारी मोक्तानले स्वागत गरिन् । कार्यक्रममा माओवादी केन्द्र मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी, माओवादी केन्द्रबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार बलराम बल, नेता कमान सिं पाख्रिन पृथक, प्रलोक पाण्डे लगायतले बर्तौलालाई स्वागत गरेका हुन् ।
पछिल्लो समय नयाँशक्ति पार्टीमा विरक्तिएर पार्टी परित्याग गर्ने बढ्न थालेका छन् । पूर्वसांसद तथा नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य शेरबहादुर पहरी विशाल नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा फर्किइसकेका छन् । पहिलो संविधाानसभाको निर्वाचनबाट समानुपातिक रुपमा संविधानसभाका सदस्य रहेका पहरी तत्कालीन पहरी समाजका अध्यक्ष समेत थिए ।यस्तै, नयाँशक्ति निकट मजदुर संगठनका केन्द्रिय अध्यक्ष रामशरण घिमिरे भान्जा, धर्म पुडासैनी, सरगम,केशव घिमिरे, शंकर घिमिरे, सूर्य छुमीलगायतका नेताले नयाँशक्ति परित्याग गरी माओवादी केन्द्रमै फर्किइसकेका छन् । नयाँ शक्तिमा जुन सोचका साथ लागिएको थियो त्यो पूरा गर्ने अवस्था नभएकाले पार्टीमा बसिरहनुको अर्थ नभएर आफूहरु बाहिरिएको उनीहरुको भनाई छ । नयाँ शक्ति पार्टी विधि विधान नभएको पार्टी भएकाले यो राजनीतिक दलका रुपमा अगाडी बढ्न नसक्ने पार्टीप्रति विरक्तिएकाहरुको भनाई छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top