मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरको स्थानिय तहमा एमालेका उमेद्वारको टुंगो, हेटौंडाको बाँकी


  • समाज
  • 1 पटक पढिएको
मकवानपुरका ८ वटा गाउँपालिका र एउटा नगरपालिकामा नेकपा एमालेले प्रमुख पदहरुको उमेद्वारहरुको टुंगो लगाएको छ । एमालेको आज बसेको प्रदेश कमिटि बैठकले उमेद्वारहरुको टुंगो लगाएको हो ।

मकवानपुरको स्थानिय तहमा एमालेका उमेद्वारको टुंगो, हेटौंडाको बाँकी

जसअनुसार थाहा नगरपालिकाको मेयरमा बिष्णु ढकाल र उपमेयरमा कल्पना बलामी उमेद्वार हुने भएका छन् । त्यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्षमा राजकुमार तिमल्सीना र उपाध्यक्षमा धनमाया थिङ, बकैया गाउँपालिकाको अध्यक्षमा दलबहादुर वाइवा र उपाध्यक्षमा सरला बोलखेलाई एमालले उमेद्वार बनाएको छ । भिमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्बती राना, मकवानपुरगढीको अध्यक्षमा बिदुर हुमागाई र उपाध्यक्षमा हर्कमाया रुम्बालाई उमेद्वार बनाइएको छ । यता मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा मनिला बिष्ट, राक्सीराङ गाउँपालिकाको अध्यक्ष लालबहादुर थापा र उपाध्यक्षमा सुन्तली चेपाङ तथा कैलाश गाउँपालिकाको अध्यक्षमा टंक मोक्तान र उपाध्यक्षमा सुकुमाया थिङलाई उमेद्वार बनाइएको एमाले मकवानपुरका सचिब एबम् प्रचार बिभाग प्रमुख एकाललाल श्रेष्ठले जानकारी दिनुभयो । यस अघि गाउँपालिका तथा नगरपालिकाहरुबाट आएको आकाँक्षी उमेद्वारहरु नामलाई जिल्ला कमिटिले प्रदेश कमिटिमा सिफारीस गरेको थियो । जिल्ला कमिटको सिफारीस अनुसार प्रदेश कमिटिले उमेद्वारहरुको निर्णय गरेको सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top