मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

संशोधन प्रस्ताव पारित हुन नदिने एमालेको निर्णय


  • समाज
  • 2 पटक पढिएको
काठमाडौं, वैशाख १२ – प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले संशोधन प्रस्ताव देश र जनताको हितमा नभएको निष्कर्ष निकाल्दै समर्थन नगर्ने निर्णय गरेको हो

संशोधन प्रस्ताव पारित हुन नदिने एमालेको निर्णय

मधेशी दललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले संशोधन प्रस्ताव पारित गर्ने तयारी गरिरहेका बेला एमाले त्यसका विपक्षमा उभिएको हो । विधेयक मंगलबारदेखि संसदमा छलफल गर्ने सरकारको तयारी छ । एमाले स्थायी समिति बैठकले दुई चरणमा चुनाव गर्ने सरकार र निर्वाचन आयोगको तयारीप्रति पनि आपत्ति जनाएको छ । 

बजेट अघि नै एकै चरणमा चुनाव हुनुपर्ने निर्णय बैठकले गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिनुभयो । दुई चरणमा चुनाव गर्ने प्रस्ताव चुनाव नै हुन नदिने षड्यन्त्र भएको एमालेको निष्कर्ष छ । दोस्रो चरणको चुनावका लागि समेत कार्यतालिका सार्वजनिक गरेको आयोगलाई लिखत ध्यानाकर्षण गराउने निर्णय समेत एमालेले गरेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top