मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

रुकुममा बस दुर्घटना : चार गम्भीर घाइते


  • समाज
  • 2 पटक पढिएको
रुकुम, १२ वैशाख – जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् ।

रुकुममा बस दुर्घटना : चार गम्भीर घाइते

 चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको बस मुसिकोट नगरपालिका–४ बोहोरागाउँमा दुर्घटना भएको हो ।  दुर्घटनामा त्रिवेणी गाउँपालिका–१० का २६ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीय नैन पुन, २५ वर्षीया गीता पुन ओली र २७ वर्षीया गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइतेमध्ये गीता पुन ओलीको अवस्था जटिल रहेकाले उहाँलाई थप उपचारका लागि नेपालगन्ज रिफर गर्ने तयारी भइरहेको छ । ओरालोमा गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top