मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा, १ बैशाख–मुख्य निर्बाचन अधिकृतको कार्यालय हेटौडामा नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ बिरुद्ध उजुरी दर्ता भएको हो । आचार संहिता उलंघनका बिषयमा उजुरी दर्ता भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनन्त मरासिनीले जानकारी दिनुभयो ।

राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी

आज नेकपा एमालेले मकवानपुरको मुख्य निर्वाचन कार्यालयमा पुगेर राज्यमन्त्री बाँनीयाले निर्वाचनको आचरसंहिता बिपरित सुरक्षाकर्मी समेत लिएर कार्यक्रममा सहभागि भएको, जनतामा आतंक सृजना गरेको भन्दै उजुरी दर्ता गरेको हो । उजुरीको विषयमा जानकारी दिँदै मुख्य निर्वाचन कार्यालयका अधिकृत शेषराज दाहालले एमाले अध्यक्ष मुनु सिग्देलले राज्यमन्त्री बाँनीया बिरुद्ध २ वटा उजुरी दर्ता गरेको बताउनुभयो । अर्को उजुरीमा पनि निर्वाचन आचरसंहिता लागु भैसकेको अवस्थामा सस्कृति तथा नागरिक उड्यन मन्त्रालयको नाउँवाट जिल्ला समन्वय समिति मार्फत २६ योजनाहरु निर्माण गरि समिति निर्माण गर्ने तथा पैसा बाँढदै मतदातालाई प्रभावित पार्ने काम भएको बताईएको छ । कार्यलयले उजुरीको विषयमा छानमिन हुने बताएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top