मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

महायज्ञबाट ३२ लाख ४९ हजार रुपैंया बचत


  • समाज
  • 3 पटक पढिएको
हेटौंडा १० बैशाख–गढि गाउँपालिका वडा नम्बर २ स्थित बँशगोपाल माध्यामिक बिद्यालयले कृषि प्रविधिक शिक्षा तथा जग्गा खरीद सहयोगार्थ आयोजना गरेको श्रीमद् भागबत सप्ताह ज्ञान महायज्ञमा ३२ लाख ४९ हजार रुपैंया बचत भएको छ ।

महायज्ञबाट ३२ लाख ४९ हजार रुपैंया बचत

  चैत्र २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको सप्ताहमा कुल ४५लाख १० हजार दुईसय ७७ रुपैंया संकलन भएको थियो । सप्ताह आयोजक मुल समितिले आइतबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सप्ताहको आम्दानी तथा खर्च विवरण सार्बजनिक हो । सप्ताहमा १२ लाख ६० हजार छसय ५३ रुपैंया खर्च भएको आर्थिक

उपसमिति संयोजक पूर्णभद्र चौलागाईले जानकारी दिनुभयो । सप्ताहमा दाताहरुबाट ४१ लाख ३३ हहजार ६१ रुपैंया सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । यस्तै कलश बिक्रीबाट एकलाख ७३ हजार ५ सय २५, जग्गादान बापत एकलाख ५० हजार, ब्रतबन्धबाट २२ हजार ९सय ३१, तुलादान बापत २३ हजार ९सय ३१ र शालिकराम दर्शन बापत सातहजार एकसय ६०रुपैंया आम्दानी भएको उहाँले बताउनुभयो ।

विभिन्न दाताहरुबाट सप्तहामा कबोल गरिएको करीब १९ लाख रुपैंया रकम उठ्न बाँकी रहेको आर्थिक उपसमिति संयोजक चौलागाईले बताउनुभयो । कार्यक्रमको अबसरमा विभिन्न समिति तथा उपसमितिमा रहेर सप्ताहलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने व्यत्तिःहरुलाई सम्मानपद्धारा सम्मान गरिएको थियो । सप्ताह आयोजक मूल समारोह समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पुडासैनीको अध्यक्षता तथा बिद्यालयको बाटोका लागि जग्गा दान गर्नुभएका जग्गादाता श्यामबहादुर बलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक लिलानाथ ढुङ्गेलले स्वागत गर्नुभएको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top