मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

पत्रकार महासंघ मकवानपुरको ३ वर्षे योजना निर्माण


  • समाज
  • 16 पटक पढिएको
हेटौंडा १० बैशाख–नेपाल पत्रकार महासंघ मकवानपुर साखाले आफ्नो प्रारम्भिक कार्ययोजना निर्माण गरेको छ । महासंघका अध्यक्ष हरिप्रसाद हुमागाईको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको दोस्रो नियमित मासिक बैठकले ३ वर्षमा गर्ने कार्य योजना निर्माण गरेको हो ।

पत्रकार महासंघ मकवानपुरको ३ वर्षे योजना निर्माण

 महासंघले ३ वर्षे कार्य योजनामा ३ वर्षभित्रमा महासंघकै भवनमा लाईब्रेरी निर्माण गर्ने भएको छ । महासंघले पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थी तथा सूचना खोज्नेहरुकालागि लक्षित गर्दै ईलाईब्रेरी सहितको व्यवस्थित लाईब्रेरी संचालन गर्ने योजना बनाएको हो । महासंघले ३ वर्षभित्रमा रेडियो प्राविधिकहरु उत्पादन गर्ने लक्ष्यका साथमा रेडियो प्राविधिक तालिम, पत्रिका सेटिङ तालिम, खोज पत्रकारिता तालिम तथा पछिल्लो समयमा सम्भावना बोकेको फोटोग्राफी तथा भिडियो ईडिटिङ तालिम पनि प्रदान गर्ने योजना बनाएको छ । बैठकबाट महासंघका कार्यसमिति सदस्य तथा साधारण सदस्यसहित अन्य पत्रकारितामा लागेकाहरुको टोलीसहितको कम्तीमा पनि एउटा अवलोकन भ्रमण राख्ने निर्णय गरेको छ । साथै निश्चित समयअवधीमा मकवानपुरमा रहेका सञ्चारगृहरुको अवलोकन गर्ने तयारी पनि महासंघले गरेको छ । बैठकले कार्य योजना समयअनुसार थपघट हुनसक्ने पनि बताएको छ । बैठकले महासंघका मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी पोष्टराजलाई आधिकारिक सूचना अधिकारी घोषणा गरेको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top