मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

सरकारले ठुला उद्योगिहरुलाई काखा र साना उद्योगिलाई पाखा गरेको हेटौडाका उद्योगिहरुको गुनासो


  • समाज
  • 9 पटक पढिएको
हेटौंडा १० बैशाख–सरकारले ठुला उद्योगिहरुलाई काखा र साना उद्योगिलाई पाखा लगाउने गरेको हेटौडाका उद्योगिहरुले गुनासो गरेका छन् । उद्योग संघ मकवानपुरको आयोजनामा नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघका नबनिर्बाचित अध्यक्ष सहितलाई आज हेटौडामा गरिएको सम्मान कार्यक्रममा यस्तो गुनासो गरिएको हो । कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघका नबनिर्बाचित अध्यक्ष माधब अधिकारीले सरकारले औद्योगिक क्षेत्र भन्दा बाहेकका ठुला उद्योगिलाई सबैखालका सुबिधा दिएपनि औद्योगिक क्षेत्रभित्र रहेका साना उद्योगिलाइृ नहेरिएको आरोप लगाउनुभयो ।

सरकारले ठुला उद्योगिहरुलाई काखा र साना उद्योगिलाई पाखा गरेको हेटौडाका उद्योगिहरुको गुनासो

 अहिलेको समयमा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुलाई प्राथमिकताका आधारमा सहयोग गरिनुपर्ने उहाँले बताउनुभयो । सरकारबाट उद्योगिले सहयोग नपाएको उहाँको गुनासो छ । औद्योगिक क्षेत्र सकराले निर्माण गरेर अराबौ रुपैया कर तिर्दा पनि त्यसको सुरक्षा, पानी, बिक्तीको पर्याप्त सुबिधा नदिएको नबनिर्बाचित अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्यसंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले औद्योगिक क्षेत्रमा नयाँ उद्योग भित्रयाउने वातावरण तयार गर्नका लागि आफुहरु लाग्ने बताउनुभयो । सरकारले अब ल्याउने बजेटमा आर्थिक कुरा बढी समेटिनुपर्ने बताउनुभयो । औद्योगिक क्षेत्रभित्रका समस्यालाई हेर्नका लागि आफुले सरकारलाई घच्घच्याउने उहाँको भनाई छ । कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघका नबनिर्बाचित केन्द्रीय सदस्य श्रीहरी मास्केले नेपालभरीका उदोगीहरुका समस्यालाई समाधान गर्नका लागि सरकारले काम गर्नुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्यालले हेटौडाका उद्योगिहरुका समस्या समाधान गर्नका लागि नब निर्बाचित कार्यसमिति लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा उद्योग संघ मकवानपुरका निबर्तमान अध्यक्ष ऋसीराम घिमीरे, महाँसंघका नबनिर्बाचित केन्द्रीय सदस्य सुदिप घिमीरे लगायतकाको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top