मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

चारवटा प्रदेशमा दोस्रो चरणमा चुनाव हुने, आयोगसँग परामर्शपछि टुंगो लाग्ने


  • समाज
  • 1 पटक पढिएको
काठमाडौं, वैशाख १० – सरकार र आन्दोलनरत दलहरुबिच १, २, ५ र ७ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमा गर्ने सहमति भएपनि यसको टुंगो लाग्न बाँकी छ । नवघोषित राष्ट्रिय जनता पार्टी राजपाका नेता राजेन्द्र महतोका अनुसार दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने सहमति भएको छ ।

चारवटा प्रदेशमा दोस्रो चरणमा चुनाव हुने, आयोगसँग परामर्शपछि टुंगो लाग्ने

पहिलो चरणको चुनावमा आफूहरु सहभागी नहुने भएकाले आफूहरुले उम्मेद्वारी दिने जिल्लामा दोस्रो चरणको चुनाव गर्न सरकार तयार भएको उहाँले जानकारी दिनुभयो । प्रदेश नम्वर ३, ४ र ६ मा वैशाख ३१ गते नै चुनाव हुनेछ । तर निर्वाचन आयोगसँगको परामर्शपछि मात्रै पहिलो र दोस्रो चरणको चुनाव हुने मिति र ठाउँको टुंगो लाग्नेछ । आन्दोलनरत दलहरुबिच शनिबार भएको सहमतिबारे सरकारले आइतबार आयोगसँग छलफल गर्दैछ । पहिलो चरणको चुनावपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले बजेट ल्याउने र त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो चरणको चुनाव गर्ने कांग्रेस र माओवादी केन्द्रबिच भद्र सहमति भएको छ ।
सरकार र आन्दोलनरत दलहरुबिच शनिबार भएको सहमतिअनुसार व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, सरकारद्वारा घोषित स्थानीय तहको चुनाव दुई चरणमा गर्ने र मोर्चाद्वारा घोषित आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् । सङ्घीयता र प्रदेश सीमाङ्कनलगायतको विषय टुङ्गो लगाउन अधिकार सम्पन्न सङ्घीय आयोग गठन गर्ने सहमति भएको छ । आयोगले प्रदेशको सङ्ख्या, सिमाना, स्वायत्त र संरक्षित क्षेत्रलगायतका विशेष संरचनाहरूको निश्चित समयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने र त्यही प्रतिवेदनअनुसार सरकारले कार्यान्वयन गर्नेछ । यसैगरी, भाषाको सन्दर्भमा भाषा आयोगले सरकारी कामकाजको भाषा भनी सिफारिस गरेका भाषाहरूलाई सरकारले संविधानको अनुसूचीमा समावेश गर्ने सहमति भएको छ । नागरिकताको सन्दर्भमा आएको प्रस्ताव जस्ताको तस्तै पारित गर्ने र स्थानीय तहको सङ्ख्या जनसङ्ख्याको अनुपातमा बढाउने सहमति पनि भएको छ ।
सहमतिका यी विषयलाई सरकारले आइतबार मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र निर्वाचन आयोगसँग आवश्यक परामर्श गरी अघि बढाउने र गठबन्धनको बैठक बसी आन्दोलनको औपचारिक फिर्ताको घोषणा गर्ने तयारी छ । सरकारले परिमार्जनसहितको संशोधन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने निर्णय गरेपछि मोर्चाले आन्दोलन फिर्ताको घोषणा गर्ने महतोले जानकारी दिनुभयो । -ujyaalo







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top