मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

गढी गाउँपालिका नेकपा एमाले निकटका बुद्धीजिबीहरुको भेला


  • समाज
  • 1 पटक पढिएको
बैशाख ९–मकवानपुरको गढी गाउँपालिकामा नेकपा एमाले निकटका बुद्धीजिबीहरुको भेला आज भएको छ । गढी गाउँपालिका वडानंमबर ५ धादिङमा भेला भएको हो । कार्यक्रमलाई संबोधन गर्दै एमाले गढी गाउँपालिकाका अध्यक्षका उमेदवार बिदुर हुमागाँईले यस गाउँपालिकामा बिकाश र समृद्धी ल्याउनका लागि एमालेलाई जिताउन आबस्यक रहेको बताउनुभयो ।

एमालेले अरु पार्टीले जस्तो खोक्रो आस्वाशन भन्दा पनि दिएको बचन पुरा गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका तर्फबाट उपाध्यक्षका उमेदवार हर्कमायाँ रुम्बाले एमाले चुनाब जित्ने तयारीका साथ निकै अगाढी बढीसकेको बताउनुभयो । कार्यक्रममा एमाले गढी गाउँपालिकाका संयोजक तेजप्रसाद लंसालले सबैको साथ र सहयोगबाट चुनाबी मैदानमा उत्रिएकाले अब चुनाब जित्नका लागि कुनै समस्या नहुने बताउनुभयो । कार्यक्रममा गढी गाउँपालिकाका बुद्धीजिबी कृष्ण धिताल, जिल्ला बुद्धीजिबी परिषदका सदस्य संगम चौलागाँई, गढी गाउँपालिकाका अग्रज बुद्धीजिबीहरु शम्भुप्रसाद हुमागाँई, सुनिल गौतम, सन्तोष घिमीरे लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । आजको कार्यक्रममा सहभागि भएका बुद्धीजिबीहरुले बैशाख ३१ ग्ते हुने स्थानिय तहको चुनाबका लागि गढी गाउँपालिकामा एमालेका तर्फबाट उठ्ने उमेदावरले तयारी गर्ने चुनाबी एजेण्डामा लिखीत रुपमा सुझाब दिएका छन् । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top