मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौंडा ९ मा एमाले भेला


  • समाज
  • 14 पटक पढिएको
बैशाख ९–आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमाले हेटौंडा उपमाहानगरपालीका वडा नम्बर ९ मा आज व्यापक जनसहभागिताका बीच भेला सम्पन्न भएको छ ।

हेटौंडा ९ मा एमाले भेला

 नेकपा एमाले हेटौडा उपमाहानगरपालीका ९ नम्बर वडा अध्यक्ष सुर्य बाहादुर स्याङतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब जिल्ला सचिव रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आगामी निर्बाचनमा एमालेलाई ९ नम्बर वडामा एमालेमय बनाउन, र एमालेले लिएका सकरात्मक कामहरुलाई जनतामाझ पुर्याउन सुझावहरु समेत संकलन गरिएको थियो । जनतामाझ लोकप्रिय पार्टि नेकपा एमालेलाई मुलुककै पहिलो पार्टिका रुपमा उभ्याउनु पर्नेमा सबैको जोड रहेको छ ।  भेलाबाट वडालाई एमालेमय बनाउन आगामि चुनाब लक्षित गर्ने कामहरुको बिभिन्न जनबर्गीय संगठनलाई जिम्मेवारी समेत तोकिएको छ । आजको कार्यक्रमले आगामि बैषाख १६ गते उमेदवार मनोनयन दर्ताको लागी निर्बाचन कार्यालयमा सबै जनबर्गीय संगठनहरु सामुहिक रुपमा जुलुश सहित सहभागी हुने । बैषाख १८ गते पर्ने मे दिवशमा सबै समुहबाट सहभागीता जनाउने । बैषाख २३ गते हुने वडा स्तरीय आम सभामा बढी भन्दा बढी सहभागीता जुटाउने । बैषाख २८ गते सास्कृतिक कार्यक्रम सहित पैदल र्याली सहितको जुलुश प्रर्दशन गर्ने लगायतका कार्यक्रम तय गरेको छ । कार्यक्रममा जिल्ला सदस्य एवं ३ नम्बर क्षेत्रिय ईनर्चाज तिलक अधिकारी, आशाकाजी श्रेष्ठ, रमिला साप्कोटा, राम चन्द्र अर्याल, लक्ष्मण भण्डारी लगायतकाको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top