मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

पुर्व प्रहरी संगठनको रजत जयन्ती एवं केन्द्रिय माहाधिबेशन


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा, ९ बैशाख/नेपाल पुर्ब प्रहरी संगठनको रजत जयन्ति एवं केन्द्रिय माहाधिबेशन आज हेटौडामा सम्पन्न भएको छ । पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक तथा पुर्ब प्रहरी संगठनका अध्यक्ष बसन्त कुँबरको अध्यक्षतामा भएको कार्यक्रममा ९४ बर्षका पुर्ब प्रहरी राईमान राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले प्रहरीले सेवामा रहदा देश र जनताका लागी निकै योगदान दिएको भएता पनि सेवा निबृत भए पछि राष्ट्रले उनिहरुलाई महत्व दिन नसकेको बताउनु भयो । वाहाले सेवा निबृत्त भए पनि प्रहरीको शिप र कार्य कुशलतालाई देश बिकाशका अन्य क्षेत्रमा राष्ट्रले उपयोग गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाको प्रगती बिवरण माहासचिव नारायण गीरीले प्रस्तुत गनुभएको थियो भने आर्थिक प्रतिबेदन संस्थामा कोषाध्यक्ष बटु कृष्ण कसुजुले प्रस्तुत गर्नुभएको थियो । नेपालका ७५ वटै जिल्लाका ३ सय २५ जना पुर्ब प्रहरीहरुको सहभागीतामा माहाधिबेशन समपन्न भएको हो । आजको माहाधिबेशनबाट पुन पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुँबरकै अध्यक्षतामा ८५ सदसीय कार्यसमिती चयन गरेको छ । जसको बरिष्ट उपाध्यक्षहरुमा पुर्ब प्रहरी अतिरित्त माहानिरीक्षक कल्याण कुमार तिम्सिना, पुर्ब प्रहरी अतिरित्त माहानिरीक्षक रुप शागर मोक्ततान, पुर्ब प्रहरी अतिरित्त माहानिरीक्षक बिनोद सिहं चयन हनुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा पुर्ब प्रहरी नायब उपरिक्षक चुडादेब सिहं लामा लगायतका चयन हुनुभएको छ । माहासचिवमा  एस पि गिता उप्रेती र डिएस पि नारायण गीरी चयन हुनुभएको छ । कार्यक्रममा क्षेत्रिय प्रहरी कार्यालय हेटौडाका प्रहरी उपरिक्षक नबराज भट्ट जिल्ला प्रहरी कार्यालयका प्रहरी मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेव गौतम लगायतकाको उपस्थिती रहेको थियो ।   








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top