पञ्जावविरुद्ध १५ छक्का हानेको मुम्बई ८ विकेटले विजयी
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

पञ्जावविरुद्ध १५ छक्का हानेको मुम्बई ८ विकेटले विजयी

रंगमञ्च प्रकाशित मिति:

दशौं आइपिएलमा अहिलेसम्मकै सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २७ बल खेल्न बाँकी रहँदै घरेलु किङ इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ।

जस बटलर र पार्थिव पटेलको जोडीले ब्याटिङ पावर प्लेमा कीर्तिमानी ८१ रनको साझेदारी गरेपछि मुम्बईले पहिलो इनिङमा पञ्जावका हासिम अमलाले बनाएको १ सय ४ रनको सतकीय साझेदारीलाई ओझलमा पारेको थियो। मुम्बईले आइपिएलमा पहिलो पल्ट पावर प्लेमा सर्वाधिक रन जोड्ने क्रममा ६ ओभरमा १ विकेट गुमाउदै ८२ रन बनायो। आजको खेलमा मुम्बईको तर्फबाट बटलर मात्र होइन, नितेश राणाले पनि अविस्मरणीय ब्याटिङ गरे। उनले मोहित शर्माको १५ ओभरको तेस्रो बलमा छक्का लगाउदै आफ्नो टोलीलाई सहज विजय दिलाए।  राणाले ७ छक्काको सहयोगले ३४ बलमा अविजित ६२ रन बनाएका थिए। आइपिएलमा उनको यो चौथो अर्धसतक थियो। यसअघि उनले बटलरसँग मिलेर दोस्रो विकेटका लागि २९ बलमा अर्धसतक बनाएका थिए। यिनीहरुले ८५ रनको साझेदारी गरेका थिए। 

बटलरले ५ छक्का र ७ चौकाको सहयोगले ३७ बलमा ७७ रन बनाएका थिए। हार्दिक पाण्ड्याले १५ रन बनाउने क्रममा राणासँग तेस्रो विकेटका लागि अविजित ३३ रनको साझेदारी गरेपछि मुम्बईले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै १ सय ९९ रन बनाएको थियो। यसअघि पहिलो ब्याटिङ गरेको पञ्जावले अमलाको ६० बलमा ६ छक्का र ८ चौकाको सहयोगले बनाएको १ सय ४ रनको अविजित इनिङका कारण ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो। पञ्जावका कप्तान ग्लेन म्याक्सवेलले पनि ३ छक्का र ४ चौकाको सहयोगले १८ बलमा ४० रन बनाएका थिए। यो पुरै इनिङमा २४ छक्का लागेको थियो। जसमा मुम्बईले १५ र पञ्जावबाट ९ छक्का लागेको थियो। म्यान अफ दि म्याच जस बटलर घोषित भए।  




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156181 Times Visited.

Top