मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

राष्ट्रिय समाचार

पर्दा पछाडीका ‘धुर्मुस’, जसले एक्लो प्रयासमा बनाए ५५ घर


  • राष्ट्रिय समाचार
  • 20 पटक पढिएको
८ वैशाख, काठमाडौं । गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुन्, दिनेश तामाङ ।

पर्दा पछाडीका ‘धुर्मुस’, जसले एक्लो प्रयासमा बनाए ५५ घर

नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेशले पनि धादिङको ढोलामा नमुना बस्ती निर्माण गरे । सामाजिक संघ–संस्थासँग सहयोग जुटाएर उनले १६ महिनामा ५५ घर तयार पारेका हुन् । आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरका दुई बस्ती उनले तयार पारेका छन् । ती घरमा ३ सय १० भूकम्पपीडित बस्न थालेका छन् । ती घर जिल्लाको दुर्गममा पर्ने रुबीभ्याली गाउँपालिकाको कपुरगाउँका पीडितलाई हस्तान्तरण गरिएको हो । गाउँको चारैतिर पहिरो झरेर बस्न नसक्ने भएपछि उनीहरु विस्थापित भएर आलेगाउँ र भुवालेपानीमा त्रिपालमुनि बस्नै आएका थिए । क्यानडास्थित चाइल्ड हेभन इन्टरनेशनल क्यानडा–नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैयाँ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण सुरु गरिएको तामाङले बताए । नागरिक दैनिकका अनुसार, प्रतिघर निर्माणका लागि १४ लाख खर्च भएको छ । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाखको श्रमदान गरेका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top