मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

तराईमा दोस्रो चरणमा चुनाब गराउन सकिन्छ –थापा


  • समाज
  • 1 पटक पढिएको
  • हरि हुमागाई
हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाले मधेशी मोर्चापनि स्थानिय तहको चुनामा भागलिन आउने भएमा तराईका जिल्लामा दोस्रो चरणमा चुनाब गर्न सकिने बताउनुभएको छ । उपप्रधान तथा स्थानिय बिकाश मन्त्री समेत रहनुभएका थापाले मधेशबादी दलहरु चुनाबमा भाग लिन आएमा दोस्रो चरणमा त्यस क्षेत्रमा चुनाब गर्नका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षि दल एमाले समेत सहमत भएको बताउनुभयो । राप्रपा मकवानपुरले आज हेटौडामा गरेको चुनाबी आमसभालाई संबोधन गर्दै उहाँले २० बर्षपछी हुन लागेको स्थानिय तहको चुनाबमा भाग लिनका लागि मधेशबादी दलहरुलाई आग्रह समेत गर्नुभएको छ । निर्बाचन बहिस्कार जस्तो कठोर निणय नर्गनका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–स्थानिय तहको चुनाबमा भाग नलिने कठोर निणय नगर्नुस ।’

तराईमा दोस्रो चरणमा चुनाब गराउन सकिन्छ –थापा

कार्यक्रममा राप्रपाका बरिष्ठ नेता पशुपति शंशेर राणाले अहिलेको गाउँपालिका र नगरपालिकामा शिहदरबारको अधिकार प्राप्त गर्नेगरी संरचना बनेको बताउनुभयो । सरकारले मधेशबादी दलहरुसंग बार्ता गरेर अहिलेको चुनाबमा भागलिन सक्ने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । मधेशबादी दलहरुसंग बार्ता गरेर फेरी चुनाबमा भाग लिने वातावरण तयार पार्नुपर्ने उहाँको भनाई छ । बैशाख ३१ गते यो मुलुकमा कुनैपनि हालतमा चुनाब हुनैपर्ने बरिष्ठ नेता राणाले बताउनुभयो । अहिलेको अबस्थामा मुलुकको राष्ट्रियता कमजोर भएको बताउनुभयो । कार्यक्रममा पार्टीका नेता तथा भुमिसुधार मन्त्री बिक्रम पाण्डेले अहिलेको चुनाबमा अब नेपाली जनताले जित्ने बेला आएको बताउनुभएको छ । भुमिसुधार मन्त्रालयमा गएर जनताको निम्ती काम गर्नका लागि आफुले मेहनत गरेको उहाँले बताउनुभयो । 

       कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिङले आफुहरुले यहाँको चुनाब जितेमा सुरुङमार्ग निर्माण देखिबाट बिद्यालय जानबाट कोहीपनि बन्चित हुनुनपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले हेटौडाको मेयर मन्त्री सरह हुने भएकाले यहाँ राप्रपालाई जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा नायीका रेखा थापाले भाबि प्रधानमन्त्रीको रुपमा कमल थापालाई यो मकवानपुरले माटोले पाउने दाबि गर्नुभयो । राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका सांसद गणेश थापा, पार्टीका पुर्ब केन्द्रीय सदस्य मधु अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top