मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मनहरी गाउँपालिकालाई सम्बृद्ध बनाउन धेरै समय नलाग्नेः उप्रेती


  • समाज
  • 17 पटक पढिएको
बैशाख ७ ÷नेकपा एमाले ३ नं प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले प्राकृतिक स्रोत सम्पन्न मनहरी गाउँपालिकालाई सम्बृद्ध बनाउन धेरै समय नलाग्ने बताएका छन् । नेकपा एमाले मनहरी गाउँपालिका वडा नं ७ को वडा सम्पर्क कार्यालय उदघाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनी एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी पनि हुन् ।

मनहरी गाउँपालिकालाई सम्बृद्ध बनाउन धेरै समय नलाग्नेः उप्रेती

’यहाँको प्राकृतिक स्रोतलाई मात्र ब्यबस्थित गर्न सके त्यसबाट युवाले रोजगारीका साथै गाउँपालिकाले मनग्यै कर असुली गरि बिकास निर्माण गर्न सकिन्छ ।’, उप्रेतीले भने(’त्यसका लागि दृढ इच्छाशक्ति चाहिन्छ ।’ उनले मनहरी र हाँडिखोला दुबै गाविसमा प्राकृतिक स्रोत सम्पन्न भएकाले युवालाई यसैमा ध्यान दिन आग्रह गरे । उनले आगामी निर्वाचनमा अधिकांश स्थानमा एमालेले बिजय हासिल गर्ने दाबी गर्दै मनहरी गाउँपालिकामा पनि समस्या नभएकाले उर्जाका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । वडा कमिटी संयोजक रघुनाथ रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सबै उम्मेदवारहरुलाई घोषणा समेत गरिएको थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top