मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाका लागि भाबि कार्यक्रम सम्बन्धी अन्तरकृया


  • समाज
  • 3 पटक पढिएको
बैशाख ७ /सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाका लागि भएका प्रयासहरु र भाबि कार्यक्रम सम्बन्धी आज हेटौडामा अन्तरकृया कार्यक्रम भएको छ । क्षेत्रिय शिक्षा निर्देशनालय मध्यमाञ्चल हेटौडा र जिल्ला शिक्षा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । मध्यमाञ्चलका दश जिल्लाका उत्कृष्ट सामुदायिक बिद्यालय, सम्बन्धित जिल्लाका शिक्षा कार्यालयले गरेका कामका बिषयमा प्रस्तुतीकरण गरिएको थियो ।

सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाका लागि भाबि कार्यक्रम सम्बन्धी अन्तरकृया

अहिलेको समयमा सामुदायिक बिद्यालय रोजगारीको बिषय बनाउनुपर्ने, बिद्यालय र जिल्लामा गुणस्तरिय शिक्षा उपलब्ध गराउन गरिएका अभ्याशहरुको आदान प्रदान गर्ने, अनुकरणिय अभ्याशहरुको पहिचान गर्ने, गुणस्तरिय शिक्षाका लागि गर्नुपर्ने क्षेत्रको पहिचान गर्ने उदेस्यका साथ आजको कार्यक्रम गरिएको हो । कार्यक्रममा सामुदायिक बिद्यालय भएपनि उत्कृष्ट भएर अध्यापन गराएकै कारण जिल्ला र क्षेत्रमानै उत्कृष्ट रहेका बिद्यालयहरुको प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय हेटौडाका निर्देशक दिनेशकुमार श्रेष्ठले बिद्यालय नमुना बनाउनका लागि प्रधानध्यापक, शिक्षक र अभिभाबकको महत्वपुर्ण भुमिका हुनुपर्ने बताउनुभयो । मध्यमाञ्चलमा १४ हजार वटा आधारभूत बिद्यालय रहेको उहाँले बताउनुभयो । अझैपनि एक देखि पाँच कक्षा सम्म पढ्ने बिद्यालय बाहिर एक देखि ५ कक्षा सम्मका २६ हजार बिद्यार्थी बिद्यालय बाहिर रहेकाले बिद्यालयमा सहभागि गराउनुपर्ने उहाँले बताउभयो । कार्यक्रममा मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंङ थापाले बिद्यालयमा टिकाउने, सिकाउने र बिकाउने शिक्षा अहिलेको आबस्यक्ता रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महाँसंघका पुर्बकेन्द्रीय सदस्य प्रताप बिष्ठले सामुदायिक बिद्यालयले पनि धेरै जिल्लामा उदाहरणिय काम गरेको बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिब डाक्टर हरि लंसाल, उपसचिब आनन्द पौडेल, शिक्षाबिध डाक्टर बिद्यानाथ कोईराला, क्षेत्रिय शिक्षा निर्देशनालय हेटौडाका उपनिर्देशक कृष्ण घिमीरे लगायतकाको उपस्थिती रहको थियो । कार्यक्रममा मकवानपुर, चितवन, बारा, पर्षा, रौतहट, धनुसा, ललितपुर, सिंधुली लगायतका दशजिल्लाका उत्कृष्ट सामुदायिक बिद्यालयका शिक्षक तथा प्रधानध्यापक, सम्बन्धित जिल्लाका जिल्ला शिक्षा अधिकारीहरु, बिद्यालय निरीक्षकहरुको सहभागिता रहेको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top