मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

हेटौंडा ३ र १३ मा माओबादी केन्द्रको सम्पर्क कार्यालय


  • समाज
  • 30 पटक पढिएको
नेकपा (माओवादी केन्द्र ) मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी चोकमा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । पार्टीका वडा अध्यक्ष अशोक वलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

हेटौंडा ३ र १३ मा माओबादी केन्द्रको सम्पर्क कार्यालय

पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी भएकोले माओवादीलाई विजय गराउन जनताले समय पर्खिरहेकोले तिव्र भेटघाट सम्पर्क कार्यको लागि सबैलाई प्रमुख अतिथि मोक्तानले आग्रह गर्नुभयो । कार्यक्रममा अतिथिहरु पोलिटव्युरो सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) , पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार बलराम बल, प्रकाश पाण्डे, ललित घलान, कमान सिं पाख्रिन (पृथक), विवेक राई, शेर बहादुर पहरी , उपमेयरका उम्मेदवार कमला पौडेल लगायतका रहेका थिए ।

त्यसैगरि नेकपा (माओवादी केन्द्र )मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न. ३ बसामाडीमा निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ । पार्टी वडा अध्यक्ष तथा वडा अध्यक्षको उम्मेदार रुपेश वार्तौलको सभा अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा उपमहानगरपालिका मेयर उम्मेदवार बलराम वलको प्रमुख आतिथ्यता रहेको थियो । अहिलेको निर्वाचनमा माहोल माओवादीको पक्षमा भएकोले निश्चिन्ताका साथ सहयोग गर्न उहाँले जनसमुदायलाई आग्रह गर्नुभयो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top