मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

राष्ट्रिय समाचार

राप्रपाको आन्दोलनका कार्यक्रम स्थगित


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
७ वैशाख / राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राप्रपाले निर्वाचन आयोगले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्णय गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । स्थानीय तहको चुनाव पार्टीको मुख्य एजेण्डा भएको र चुनावको सुनिश्चितता पार्टीको प्राथमिकता रहेको भन्दै राप्रपाले तत्कालका लागि संघर्षको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

राप्रपाको आन्दोलनका कार्यक्रम स्थगित

पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म विरोध गरिरहने र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाईने राप्रपाका प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले बुधबार नेपालको संविधान र कानून अनुसार नै आयोगले कार्यसञ्चालन गरिरहेको भन्दै कानून अनुसार काम नगर्न दबाब दिने क्रियाकलाप भएको भन्दै यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरेको थियो ।  निर्वाचन आयोगले राप्रपाको विषयमा बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यान आकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनैतिक दलको रुपमा पार्टीले संचालन गरेको र गर्ने कार्य संविधान र प्रचलित कानुन अनुरुप रहेको पनि स्पष्ट पारेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top