मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

समाज

स्थानीय तहको संरचना कस्तो बन्दै छ त ?


  • समाज
  • 31 पटक पढिएको
  • बिवश अधिकारी
६ बैशाख/नेपालमा लामो समय पछि हुन लागेको स्थानीय तहको चुनावको बारेमा अहिले निकै चर्चा परिचर्चा भईरहेको छ । लामो अन्तराल पछि जनताले स्थानीय प्रतिनीधि पाउने भएका छन देशमा बिकाश र समृद्धि आउँछ भन्ने सबैको बिश्वास पनि रहेको छ । तर आउँदो बैषाख ३१ गते हुने स्थानीय तहको चुनावका बिषयमा जनता अझै स्पष्ट हुन सकेका छैनन । स्थानीय तह भनेको के हो ? गाँउपालीका भनेको के हो ? गाँउ सभा भनेको के हो ? गाउँ सभा कसरी बन्छ ? स्थानीय निकायहरुले कसरी र के काम गर्छ ? यसको प्रकृया के रहेको छ ? यस्ता प्रश्नहरु अझै पनि आम सर्बसाधारणहरुमा आम प्रश्नको रुपमा बिधमान रहेको छ । यस्ता प्रश्न र यसको उत्तर आम जनताले थाहा पाउनु जरुरी छ ।

स्थानीय तहको संरचना कस्तो बन्दै छ त ?

त्यस्तै गाउँ कार्यपालीकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, गाउँपालीकाका प्रत्येक वडाका वडाध्यक्षहरु, गाउँसभाले आफुमध्येबाट निर्बाचित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्बाचित गरेका २ जना सदस्यहरु मिलेर गाउँकार्यपालीका बन्ने प्राबधान रहेको छ । दलहरुले महिला वडा सदस्यमा उमेदवारी दिंदा दुई जना महिला वडा सदस्यको लागी दलहरुले मनोनयन पत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समाबेश गर्नुपर्ने अनिबार्य ब्यवस्था रहेको छ भने एकजना मात्र महिला सदस्यको लागी मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समाबेश नगरे पनि हुने ब्यवस्था गरीएको छ ।

त्यस्तै नगरपालीका भनेको एक भौगोलीक तथा प्रशासनिक ईकाईलाई नगरपालीका भनी परिभाषित गरेको छ । नगर कार्यपालीकाको कार्यकारीणी अङ्गको रुपमा नगर कार्यपालीका र ब्यवस्थापिकीय कार्य गर्ने अङ्गको रुपमा  नगर सभा रहने ब्यवस्था गरीएको छ । नगर कार्यपालीकाको प्रमुख र उपप्रमुख, नगरपालीका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबाट निर्बाचित हुने २ महिला सहित ४ जना सदस्यहरु र सम्बन्धित नगरपालीका भित्रका दलित वा अल्सङख्यक समुदायबाट नगरसभाले निर्बाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्ने छ । नगर कार्यपालीका बनाउँदा नगर कार्यपालीकामा एक जना प्रमुख, एक जना उपप्रमुख, नगरपालीकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगर सभाले आफुमध्येबाट निर्बाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्बाचित गरेका ३ जना सदस्यहरु मिलेर बन्ने प्रबधान रहेको छ । गाउँ सभा र नगर सभाको कार्यकाल ५ बर्षको हन्छ भने गाउँ सभा र नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडी सदस्यहरुको निर्बाचनको प्रबधान बनाईएको छ । 

त्यसैगरी सम्बन्धित जिल्ला भित्र रहेका गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्ष र नग।पालीकाका प्रमुख तथा उपप्रमुखहरु सदस्य रहेको जिल्ला सभा बन्ने छ । जिल्ला सभाले जिल्ला भित्रका गाउँपालीका र नगरपालीकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्ला भित्रका बिकाश तथा निमार्ण सम्बन्धि कार्यको अनुगमन गर्ने र जिल्लामा रहने सङघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालीका र नगरपालीका बिच समन्वय गर्ने कार्य गर्दछ । जिल्ला समन्वय समिती बनाउनको लागी जिल्ला सभाले एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीन जना महिला र एकजना दलित वा अल्पसङख्यक सहित बढीमा नौ जना सदस्य निर्बाचित गरी जिल्ला समन्वय समिती बनाउने प्राबधान रहेको छ । जिल्ला समन्वय समितीको प्रमुख उपप्रमुख र सदस्यमा भने जिल्ला सभाका सदस्यहरुका साथै जिल्ला भित्रका गाउँ सभा र नगर सभाका सदस्यहरुले समेत उमेदवारी दिन पाउने ब्यवस्था रहेको छ । जिल्ला समन्वय समितीले जिल्लाभित्रका गाउँपालीका र वगरपालीका बिच समन्वय गर्ने, बिकाश तथा निमार्ण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने तथा जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालीका बीच समन्वय गर्ने काम गर्ने प्राबधान बनाईएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top