मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा ।

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेर दुइजनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो ।

प्रहरीका अनुसार मृतक दुबैजना पुरुष हुन् । दुर्घटनामा परी घाइते भएका ३ जनाको उद्दार गरी प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top