मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३


  • मकवानपुर समाचार
  • 48 पटक पढिएको
हेटौंडा ।

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

 बागमती प्रदेशको नामाकरण भएको एक हप्ता वितीसकेको छ । तर, बागमती प्रदेशका मन्त्रालय, निर्देशनालय र जिल्ला स्थित कार्यालयका साइन वोर्डमा प्रदेश–३ नै राखिएको छ । वितेको पुस २७ गते देखि बागमती प्रदेशको नामाकरण भएपनि प्रदेशका पाँच वटा मन्त्रालयका साइनवोर्डमा प्रदेश–३ नै छ । प्रदेशको नामाकरण संगै स्थायी राजधानी तोकिएको एक हप्ता वितीसकेको छ । प्रदेश सरकारको आफ्ना मन्त्रालयको वोर्डमा समेत मन्त्रालयका कर्मचारीले एक हप्ता वितीसक्दा समेत बागमती प्रदेशको नामाकरणमा नलेखाएका हुन् ।

प्रदेशका कुनै मन्त्रालयमा बागमती प्रदेशको बोर्ड र कुनै मन्त्रालय र निर्देशनालयमा प्रदेश ३ को साइनवोर्ड झुण्डीएको देख्न पाइन्छ । एक हप्ता विती सक्दा पनि आफ्ना मन्त्रालयको साइनबोर्ड समेत परिवर्तन नगरेकोमा स्थानीय वासिन्दा र सेवाग्राहीले कर्मचारीको ढिला सुस्तीको पराकाष्टा भनेका छन् ।

बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संसद सचिवालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मात्र वागमती प्रदेशको नाममा साइनबोर्ड झुण्डाइएको छ ।

तर, प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयका बोर्डमा समेत बागती प्रदेश हुनुपर्नेमा प्रदेश–३ का बोर्ड झुण्डाइएको छ ।

मन्त्रालय र मातहतका कार्यालयमा प्रदेश ३ लाई मेटेर बागमती प्रदेशको नामाकरण अनुसार लेखिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो । यो काम अव तत्काल हुने उहाँको भनाई छ । सवै मन्त्रालयको मुल गेट देखि कार्यालयको अगाडीको भागमा सवैले देख्नेगरी राखिएका वोर्डमा प्रदेश ३ लेखीएको बोर्डनै छ । मन्त्रालयका मुल गेट, भित्र लेखिएका साइनबोर्ड मेटाएर बागमती प्रदेश लेख्नका लागि प्रदेशसभामा दुईतिहाइ वहुमतले कानूननै पास गरेको छ ।

देशको मुख्य न्यायधिवक्ताको कार्यालय, लेखा नियन्त्रकको कार्यालय, प्रदेश नीति तथा योजना आयोगको कार्यालय, प्रदेश लोकसेवा आयोगको कार्यालय, प्रदेशको स्वास्थ्य, शिक्षा निर्देशनालय हेटौंडाका कार्यालयमा अझै पनि प्रदेश ३ लेखीएको छ । बागमती प्रदेशको नामाकरण भए लगतै त्यही दिनमा मन्त्रालयको वोर्डमा प्रदेश ३ लाई मेटेर बागमती प्रदेश लेख्न सकिन्थ्यो ।

बागमती प्रदेशको नामाकरण हुने भनेर सदनमा पास हुनुभन्दा दुई हप्ता अगाडी देखिनै सवै मन्त्री, कर्मचारीलाई समेत थाहा थियो । तर, संसदमा अधिकांश सांसदले मतदान गरेर नामाकरण गरेको विषयलाई मन्त्री र कर्मचारीले वेवास्ता गर्दा मन्त्रालय र ती मातहतका कार्यालयमा बागमती प्रदेशको सट्टामा प्रदेश–३ का बोर्डनै झुण्डीएका हुन् ।

एक हप्ता विती सक्दा पनि आफ्ना मन्त्रालयको बोर्डमा प्रदेशको नाम लेख्न नसक्ने सरकारले जनताले अनुभुती गर्नेगरी कसरी काम गर्छन भन्नेमा आसंका पैदा भएको छ । प्रदेशको राजधानी रहेको हेटौंडाका मन्त्रालय, निर्देशनालयमा नाम राखेर बोर्ड नवनाउँदा अरु जिल्लामा रहेका प्रदेशका कार्यालयमा कहिले सम्म बागमती प्रदेशको नाममा बोर्ड झुण्डीएलान भन्ने आसंका पैदा भएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top