मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

मकवानपुर समाचार

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व


  • मकवानपुर समाचार
  • 60 पटक पढिएको
हेटौंडा ।

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व


 प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गरिने वताउनुभएको छ । उद्योग संघ मकवानपुरको १८ औ वार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले प्रादेशसीक उद्योगका रुपमा काम गर्नका लागि आफुहरु अगाडी वढेको वताउनुभयो । उद्योगिका समस्या समाधान गर्नका लागि आफुहरु लाग्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले उद्योगिका लागि प्रदेश सरकारले के गर्नुपर्छ आफुहरु त्यो गर्नका लागि तयार रहेको वताउनुभयो । उद्योगिका लागि कानूनमा राम्रा कुरा समेटेको उहाँले वताउनुभयो । यस प्रदेशलाई उद्योगमैत्री वनाउनका लागि काम भईरहेको उहाँले वताउनुभयो । यहाँ रोजगारी सृजनागर्ने गरी आर्थीक समृद्धीको आधार तयार गर्नुपर्ने उहाँले वताउनुभयो । 

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इनद्रबहादुर वानियाँले सव्दले मात्र अहिलेको सरकारले समृद्ध नेपाल सुखी नेपाली वनाउने भन्दा पनि व्यावहारमा लागू गरिनुपर्ने वताउनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संविधान सभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाली काग्रेश मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट, बानका उपाध्यक्ष उज्वल चौलागाई, महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, मजदुर नेता गंगा भटराई लगायतकाको आतिथ्यता रहेको थियो । 

उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगिका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका अन्नपुर्ण पोष्ट दैनिक मकवानपुरका सम्बाददाता कृष्ण सारु मगर, नयाँ पत्रिका दैनिक मकवानपुरका सम्बाददाता सुदिप शिवाकोटीलाई नगद रकम सहित सम्मान गरिएको छ । त्यसैगरी आफै उद्यमी गर्दै आउनुभएका महिला उद्यमी देवि मायाँ श्रेष्ठलाई पनि सम्ममान गरिएको छ । तीनै जनालाई मुख्यमन्त्री पौडेलले सम्मान गर्नुभएको हो । 

यसैगरी उद्योग संघ मकवानपुरको साधारण सभाले अध्यक्षमा लेखराज पोखरेललाई चयन गरेको छ । संघका वरिष्ट उपाध्यक्षमा स्वागत राज प्याकुरेल, उपाध्यक्ष वद्रिनाथ शर्मा, महासचिव वासु कार्की,सचिवमा शिवहरी आचार्य,सहसचिवमा श्याम ढकाल र कोषाध्यक्षमा किशोर अर्याल चयन हुनु भएको छ । यसरी ने महिला सदस्यमा सबिता पौडेल सहित सदस्यहरुमा हरिहर अर्याल,रामचन्द्र भट्टराईलगायत चयन हुनु भएको छ । 







सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top