मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस


  • मकवानपुर समाचार
  • 124 पटक पढिएको
हेटौंडा ।

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

 प्रदेश नम्बर ३ को आज साँझ वसेको मन्त्रिपरिषद्को वैठकले यही पुस २१ गते प्रदेशसभाको वैठक आवहान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णग गरेको छ । वैठकले प्रदेश प्रमुखलाई वैठक आवहानका लागि सिफारिस गर्ने निर्णय गरेर पठाईको प्रदेश सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रदेश सभाको वैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय गर्ने छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्ट प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

दुईवर्ष देखि निर्णय हुन नसकेको प्रदेश ३ को नाम र राजधानी अवको वैठकले टुङेगो लगाउने निश्चित भएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने कानूनी व्यावस्था छ ।

नेकपाको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयलाई प्रदेश सभाले अनुमोदन गर्ने निश्चित छ । आजै साँझ काठमाडौंबाट फर्किएका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् बैठक बोलाउनुभएको थियो । नेकपा प्रदेश सभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top