मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

एकसय ५८ जनाले पाउने भए लाइसेन्स


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
मकवानपुर,५ पुस ।

एकसय ५८ जनाले पाउने भए लाइसेन्स



प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले सवारीका साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनका लागि आजबाट प्रयोगात्मक पक्षाी सुरु गरेको छ ।



प्रदेश सरकार मातहतको कार्यालयले पहिलो पटक हेटौंडाबाटनै सवारी चालक अनुमति पत्रको ट्रायल दिन सुरु गरेको हो । आज भने मोटरसाईकलको प्रयोगात्मक (ट्रायल) परिक्षा लिइएको हो ।


आजको पक्षाीमा ४ सय ७८ जनाले ट्रायल दिएको यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । आज मोटरसाईकलको ट्रायल ३ सय ८१ जनाले दिएकोमा एक सय २९ जना उत्तीर्ण भएको पनि उहाँले जानकारी दिन’भयो .  ६९ जनाले स्कुटीको ट्रायल दिएकोमा २० जना उत्तीर्ण भएका छन् . । त्यस्तै नौजना अटोका लागि आवेदन भरेकाहरुले लाइसेन्स पाएका छन् . 




प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि प्रकृया शुरु भएसंगै सवारी चालक अनुमति पत्रको लागी भिड् लागेको छ । ट्रायल दिन आउनेहरुको आज विहानैबाट हेटौंडा ११ वागथलीमा भिड लागेको थियो ।


हेटौंडाबाटनै पहिलोपटक सेवा पाएकोमा सवै खुसी समेत भएका छन् । हेटौंडामा रहेको यातयात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आवेदन आहवान गरेसँगै बिहीबार लिखित परीक्षा लिएको थियो । लिखित परीक्षमा ५ सय २० जनाले सहभागिता जनाएको यातयात ब्यवस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।


सवारी चालक अनुमति पत्रको लागी मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी लगाएत आसपासका विभिन्न जिल्लाका आम नागरिककको यसमा उलेख्यसहभागिता रहेको छ ।

स्मार्ट कार्डका लागि चार महिना कुर्नुपर्ने

यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले चालक अनुमति पत्रका लागि प्रकृया पूरा गरेपनि स्मार्ट कार्ड वा लाइसेन्सका लागि भने केही समय कुर्न पर्ने भएको छ । बढीमा चार महिनामा नागरिकहरुले स्मार्ट कार्ड पाउने गरी आफूहरुले काम गरिरहेको निमित्त प्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारबाट नै सवारी चालकका लागि लाइसेन्स नम्बर प्रदान गरिने र राजश्व काटेको बील सहित नम्बर हुने भएकाले स्मार्ड कार्ड नआउन्जेल त्यसैले काम गर्ने छ । तर,साथमा लाइसेन्स नम्बर सहितको कार्ड बोक्न भने नागरिकहरुलाई यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले अनुरोध गरेको छ । 







सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top