मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

मकवानपुर समाचार

मकवानपुरको वागमतीमा ८० प्रतिशत घरधुरी लालपुर्जाविहीन


  • मकवानपुर समाचार
  • 67 पटक पढिएको
मकवानपुर —

मकवानपुरको वाग्मती गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन् । चुरे जंगलमा पर्ने उक्त गाउँपालिका ललितपुर, काभ्रे र सिन्धुली जिल्लाको सिमानामा पर्छ । आठ दशकअघि जग्गा नापी भए पनि हालसम्म उनीहरूले लालपुर्जा पाएका छैनन् ।

१९९१ सालमा पहिलोपटक जमिन नापी भएपछि केहीले लालपुर्जा प्राप्त गरेका थिए । ०३२ सालमा उक्त गाउँपालिकाको सबै स्थानमा पुनस् नापी भएको थियो । स्थानीयले तिरो पनि तिर्दै आएका थिए । तर, लालपुर्जा पाउन सकेनन् । सशस्त्र युद्ध सुरु भएपछि तिरो पनि तिर्न छाडेको स्थानीय बताउँछन् । वाग्मती गाउँपालिका–६ का भीम राईले लालपुर्जा नहुँदा सरकारी सेवा सुविधाका साथै धेरै क्षेत्रमा समस्या परेको बताए ।

लालपुर्जाका लागि सरोकारवालासँग कुरा गर्दा स्थानीय सरकारमै पहल गर्नुस् भन्ने जवाफ आएकाले झन् समस्यामा परेको राईको दुखेसो छ । वाग्मती गाउँपालिका–८ का राजकुमार तिमल्सिनाको गुनासो पनि उस्तै छ । राष्ट्रिय गौरवको आयोजना धरान–चतरा सडकको काम भइरहेको र जग्गाको मूल्य बढिरहेको अवस्थामा लालपुर्जा नहुँदा अप्ठेरो भएको उनले दुखेसो पोखे ।

गाउँपालिकाले भूमिहीन किसानले उपभोग गर्दै आइरहेको जग्गाको स्वामित्व दिनका लागि नापी सुरु गरिसकेको अध्यक्ष सर्केश घलान बताउँछन् । गाउँपालिकाले जग्गा नापजाँच गर्ने प्राविधिक करारमा लिएर काम थालेको छ ।

‘संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि जग्गा नापी सुरु गरेका हौं । एउटा वडाको नापी भइसकेको छ । अब अस्थायी पुर्जा भए पनि वितरण गर्छौं,’ उनले भने । किसानले उपभोग गर्दै आइरहेको जग्गामा नौजना अमिन र सर्वेक्षकले पहिलो चरणमा नापी गरेर नक्सा निकाल्ने काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । ‘१० वर्षदेखि भोगचलन गर्दै आइरहेका जग्गाधनीलाई गाउँपालिकाको तर्फबाट अस्थायी लालपुर्जा दिने गरी काम अगाडि बढाइएको छ,’ अध्यक्ष घलानले भने । आजको कान्तिपुर दैनिकमा सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।






सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top