मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश


  • मकवानपुर समाचार
  • 32 पटक पढिएको
मनहरी–

संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १३७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी उनीहरु नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फुलमाला र अबिरटिका लगाएर स्वागत गर्नु भएको थियो ।

प्रवेश गर्नेहरुमा केही स्वतन्त्र युवाहरुसहित समाजवादी पार्टीका जिल्ला सदस्य थिङ, नेपाली काँग्रेस मनहरी गाउँ इकाइ समिति सदस्य रामकृष्ण प्रजा, राप्रपाका ६ नं वडाध्यक्ष राजु प्रजा लगायतका रहेका छन् । नेपाली काँग्रेसका क्रियाशील महिलाहरुले पनि पार्टी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीका सचिव हेमलाल उप्रेतीले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तान लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको हो भने मनहरी गाउँ कमिटी सचिवालय सदस्य मनिला बिष्टले स्वागत गर्नु भएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top