मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी


  • मकवानपुर समाचार
  • 29 पटक पढिएको
हेटौंडा ।

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

 सरकारले विवाह गर्न महिलालाई कम्तीमा २० वर्ष पुग्नुपर्ने तोके पनि मकवानपुरका ग्रामीण क्षेत्रमा कम उमेरमै विवाह हुँदै आएको छ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका ५, ६ कक्षामा पढ्ने अधिकांश बालिका कम उमेरमै विवाह गर्न बाध्य छन् । त्यति मात्र होइन, पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने उनीहरूको बाध्यता छ । त्यसो त मकवानपुरको विकट गाउँकी गंगामाया चेपाङ गत वर्ष १२ वर्षकै उमेरमा आमा बनेकी थिइन् । मकवानपुरको विकट गाउँमा रहेका चेपाङ र तामाङ बस्तीमा अहिले बालविवाह गर्ने र किशोरी हुनासाथ सुत्केरी हुनेको कमी छैन ।

राक्सिराङ गाउँपालिका–७ दामराङस्थित आधारभूत विद्यालयमा २४ वर्षदेखि अध्यापनरत कपिलदेव ठाकुरले भने, ‘पहिले २, ३ कक्षामा पढ्ने विद्यार्थी विवाह गर्थे, अहिले ५,६ कक्षासम्म पढ्न थालेका छन् । मैले पढाएका धेरै विद्यार्थी किशोरी अवस्थामै आमा बनेका छन् ।’ ठाकुरले नै पढाएकी सुस्मिता चेपाङले गाउँमै भागी विवाह गरिन् ।

२५ वर्ष पुगेकी सुस्मिताको जेठो छोरा सोही विद्यालयमा पाँच कक्षामा पढ्ने उमेर हुँदा उनी दुई छोरा र एक छोरीकी आमा बनेकी छिन् । ‘हाम्रोतिर यस्तै चलन छ,’ सुस्मिताले नयाँ पत्रिकासँग भनिन्, ‘स्कुल पढ्दापढ्दै अधिकांश भागी र मागी विवाह गर्छन् । विवाह गरेपछि घरधन्दा, सन्तान जन्माउने र दैनिक हातमुख जोर्नकै लागि समय खर्चिँदा नै जीवन बित्ने भो ।’ सुस्मिताकै साथी लसिता चेपाङको पनि पीडा उस्तै छ । दुई बच्चाकी आमा उनले पनि पढ्दापढ्दै विवाह गरिन् । अहिले उनको शारीरिक अवस्था निकै कमजोर छ ।

दिँदैनन् कानुनी ज्ञान, हुँदैन कारबाही

चेपाङ बस्तीमा देखिएको बालविवाहको कारण परम्परागत चलन भएको गाउँका बुद्धिजीवीको ठम्याइ छ । दुर्गममा कोही आएर कानुनी ज्ञान नदिने र कानुन मिच्नेलाई कारबाही पनि नहुने शिक्षक कपिलदेव ठाकुरले बताए । ‘केही वर्षअघि कक्षाकोठा खाली हुने गरी बालविवाह हुने गरेको थियो,’ पुराना दिन सम्झँदै उनले भने, ‘अहिले त्यस्तो अवस्थामा धेरै न्यूनीकरण भएको छ ।

शिक्षक ठाकुरले कक्षा ६ मा चारजना किशोरीको विवाह भएको जानकारी दिए । कानुनी ज्ञानका कुरा दुर्गम क्षेत्रमा पुग्दै नपुग्ने भएकाले बालविवाहको समस्या समाधान गर्न स्थानीय सरकारलाई ठूलो चुनौती देखा परेको राक्सिराङ गाउँपालिका ७ का वडाध्यक्ष कुलबहादुर चेपाङले बताए ।

गरिबी मुख्य कारण

चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी भएको बताइन्छ । विवाह गरिदिएपछि व्ययभार कम हुने भएकाले अभिभाकहरूले छिट्टै विवाह गरिदिने गरेको राक्सिराङ गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर चेपाङले बताए । बालविवाहमा पहिलाभन्दा धेरै कमी आएको उनको दाबी छ । ‘चेपाङ र तामाङ समुदाय गरिबीमै सीमित छन्,’ वडाध्यक्ष चेपाङले भने, ‘उनीहरू सन्तान पालनपोषण गर्ने अवस्थामा समेत नहुँदा यो स्थिति शून्य हुन नसकेको हो ।’

विवाह बदर गर्न सम्भव छैन – गाउँपालिका अध्यक्ष

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विवाह बदर गर्न सम्भव नरहेको बताए । उनले गाउँपालिकाले हालसम्म विवाह बदर गर्ने कानुन कार्यान्वयनमा नल्याएको भन्दै गाउँ समुदायमा सम्भव नरहेको प्रतिक्रिया दिए । स्थानीय सरकारको तर्फबाट विभिन्न सफ्टवेयरका कार्यक्रम सञ्चालन गरिए पनि कानुनी कारबाही भने नभएको उनको भनाइ छ । ‘उमेर नपुगेका जोडीको विवाह दर्ता गर्ने गरेका छैनौँ,’ अध्यक्ष मल्लले भने । आजको नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेको समाचार हामिले साभार गरेका हौं ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top