मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड


  • मकवानपुर समाचार
  • 69 पटक पढिएको
हेटौंडा ।

प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती उपयुक्त हुने वताउनु भएको छ । आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरु संगको गोप्य भेटका क्रममा सुरक्षा लगायतका विभीन्न कारणले पनि प्रदेशको स्थायी राजधानी हेटौंडा नै उपयुक्त हुने वताउनुभयो ।

वैठकमा सहभागि प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावाजोर्जे लामाका अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती तोकिने भनेर अध्यक्ष प्रचण्डले वताउनु भएको जानकारी दिनुभएको छ । बैठकपछी बाहिरीए लगतै मन्त्री लामाले भन्नुभयो–‘प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा भन्नुभएको छ ।’

प्रदेशको राजधानी र नामाकरणको विषयमा प्रचण्डले आफु काठमाण्डौ गए लगतै छलफल चलाएर टुङ्ग्याउने जानकारी गराउनुभएको वताउँदै वैठकका अर्का सहभागि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो–‘नाम र राजधानी छिट्टै टुङ्ग्याउनुपर्छ । संघीयतालाई स्थायीत्व गराउन पनि यो काम पनि छिट्टै गर्नुपर्छ । अहिलेको प्रस्ताव मध्य सुरक्षा र पूर्वाधारका हिसावले पनि हेटौंडा उपयुक्त हुन्छ भन्नुभएको छ ।’

संघीयताको पहिचानको कुरा हामीले उठाएको उठाएको वताउँदै प्रचण्डले छलफलका क्रममा भन्नुभयो–‘संघीयतामा पहिचानका कुरा हामीले उठाएका हौं । ताम्सालिङ, नेवा हामिलेनै भनेका हौं । बागमती सर्वैको साझा र सभ्यता भएकाले यो नाम उपयुक्त हुनसक्छ ।’ प्रदेशको नाम र राजधानीका विषयमा पहिले पाटीमा छलफल गरेर यहाँको संसद वैठकले निर्णय गर्ने अध्यक्ष प्रचण्डले वताउनुभयो । पूर्ण जिमेवारी भने यहाँको संसद वैठकको रहेको वताउनुभयो ।

वैठकका अर्का सहभागि मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगनाथ थपलीयाले स्थायी राजधानी हेटौंडा र नाम वागमती उपयुक्त रहेको स्पष्ट रुपमा भन्नुभएको जानकारी दिनुभयो ।

वैठककै अर्का सहभागि प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराज जमकट्टेलले भने प्रदेशको राजधानी र नामा के राख्ने भनेर गोप्य वैठकमा तोकिनसकेको दावि गर्नुभयो । उहाँले भन्नुभयो–‘पहिले नेकपाका केन्द्रीय कमिटीका नेताहरुनै हेटौंडा राजधानी राख्ने विषयमा विभाजित छन् । प्रदेश संसदमा मतदान हुन्छ अनी राजधानी र नामाकरण तोकिन्छ । पाटीका अर्का अध्यक्ष केपी ओली र केही शिर्ष नेताहरु सहमत भएपछी मात्र हेटौंडा राजधानी तोक्न सकिन्छ । अरु सवै पिक्षमा देखिन्छन् अनी कसरी संभव छ ।’

नेकपा मकवानपुरले आज मुख्यमन्त्री निवासमा गरेको कार्यकर्ता भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले छिटो भन्दा छिटो प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने जानकारी गराउनुभयो । नाम र राजधानीको काम सकिएपछी विकासको काममा लाग्नुपर्ने उहाँले वताउनुभयो । यो काम पाटीले निर्णय गरेर प्रदेश सभाले टुङ्गो लगाउने उहाँले वताउनुभयो ।


गुरुदत्त ज्ञवाली



गुरुदत्त ज्ञवाली





सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top