मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर


  • मकवानपुर समाचार
  • 94 पटक पढिएको
हेटौंडा ।

हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

हेटौंडा उपमहानगरपालिका क्षेत्रका तीन वटा संस्थागत विद्यालयको आज अनुगमन गरिएको छ । हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा निजी विद्यालयहरुको अनुगमन गरिएको हो । हेटौंडाको नवोदय शिशुसदन सेकेण्डरी स्कुल, शिद्धार्थ शिसुसदन माध्यमिक विद्यालय र उज्वल शिसु निकेतनको आज अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा उज्वल शिसु निकेतमा सौचालय फोहोर, बिद्यालयको क्यान्टीनमा जंकफुड समेत बिक्रीका लागि राखिएको, शिसुका विद्याथीलाई चिसोमा राखिएको, बिद्यालयको कम्पाउन्ड समेत तारजालीले वेरीएको लगायतका समस्या पाइएको हो ।

यसैगरी शिद्धार्थ शिसु सदनमा बिद्यालयमा आउने विद्यार्थीले जंकफुड समेत खाजा ल्याइएको पाइएको छ । निजी विद्यालय खोल्दा पुरा गर्नुपर्ने मापदण्ड निजी बिद्यालयहरुले पुरा नगरेको मेयर महतले वताउनुभयो । मेयर महतको नेतृत्वमा तीन वटा विद्यालयको सौचालय, क्यान्टीन, कक्षाकोठा लगायतका क्षेत्रको अनुगमन गर्नुभएको हो ।

बिद्यालय सञ्चालन गर्दा कम्पाउन्ड घेरीएको, सुद्ध पीउने पानीको पर्याप्त क्षमता भएको, सफा कक्षा कोठा, सौचालय हुनुपर्ने मापदण्ड रहेको उपमहानगरपालिका शिक्षा साखाका सातौ तहका अधिकृत सरस्वती कोइरालाले वताउनुभयो । हेटौंडामा अनुगमनका क्रममा नवोदय माध्यमिक विद्यालयले धेरै मापदण्ड पुरा गरेपनि अरु विद्यालयले भने विद्यालयको मापदण्डनै पुरा गरेका छैनन् ।

हेटौंडाका निजी विद्यालयहरुमा धेरै सुधार ल्याउन जरुरी रहेको कोइरालाले वताउनुभयो । विद्यालय खुल्दा गरेका मापदण्ड समेत पुरा नगरेको पाइएको उहाँले वताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top