मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

मकवानपुर समाचार

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण


  • मकवानपुर समाचार
  • 5 पटक पढिएको
हेटौंडा ।

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

 प्रदेश नम्बर–३ लोक सेवा आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठले आज हेटौंडामा सपथ ग्रहण गर्नु भएको छ । आज प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । पूर्व सचिव समेत रहनु भएका श्रेष्ठको प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्रसाईले प्रदेश लोकसेवा आयोगका अध्यक्षको कार्यकाल सफल वनाउनका लागि आग्रह समेत गर्नुभएको छ । प्रदेशमा निस्पक्ष रुपमा आफ्नो काम अगाडी वढाउनका लागि उहाँले आग्रह गर्नु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुंङ्गेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमख सचिव तोयम राय, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभीन्न सरकारी कार्यालयका प्रमुखहरु ल्गायतकाको सहभागिता रहेको थियो ।

को हुन् लोक सेवा आयोगका अध्यक्षमा सिफारिस श्रेष्ठ ?

लमजुङ जिल्लाको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मनु भएका श्रेष्ठले आफ्नै गाउँको विद्यालयमा प्रथम श्रेणिमा एसएलसी पास गर्नुभयो । २०३१ सालमा एसएलसी पास गरेपछी २०४१ सालमा मात्र नेपाल सरकारको साखा अधिकृत स्तरको सेवामा उहाँ प्रवेश गर्नुभयो ।

२०४१ साल देखि निजामती सेवामा काम गर्दा अधिकांश क्षेत्र भने बाणिज्य क्षेत्रमा काम गर्नु भएको छ । अधिकृत, उपसचिव, सहसचिब हुँदा देशका विभीन्न जिल्लामा सेवा गर्नु भएको छ । हाल काठमाण्डौको गंगगुमा वस्दै आउनु भएका श्रेष्ठले एमएससी, एमपीए र न्यूजरल्याण्डमा वातावरण विषयमा अध्ययन गर्नु भएको उहाँका समकक्षी सचिवहरु वताउँछन् ।

पाँच वर्ष नेपाल सरकारको सचिवमा काम गर्दा विभीन्न मन्त्रालयमा सेवा

नेपाल सरकारको सचिव पदमा २०६८ सालदेखि २०७३ साल सम्म श्रेष्ठले काम गर्नुभयो । सचिव हुने वितीकै सुर्खेतमा वसेर क्षेत्रिय प्रशाशकको रुपमा काम गर्नु भयो । त्यस लगतै राष्ट्रिय सूचना आयोगको सचिवका रुपमा काम गर्नुभयो ।

सचिव रहँदाको समयमा राष्ट्रिय सर्तकता केन्द्र, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सहकारी मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको उहाँसंग अनुभव रहेको संघिय सरकारको एक मन्त्रालयका सचिव वताउनुहुन्छ । २०७३ सालमा निजामती सेवाबाट अवकास हुँदा राष्ट्रिय योजना आयोगबाट निस्कनु भएको हो ।

सहसचिव हुँदा सीडीओ देखि सञ्चार मन्त्रालय सम्म

सहसचिवको रुपमा काम गर्दा संचार मन्त्रालयमा काम गर्नु भयो । कन्चनपूर जिल्लामा प्रमुख जिल्ला अधिकारी, भारतको कलकत्तामा चार वर्ष सम्म महाँवाणिज्य दुतका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ मुद्रण विभागको डिजी भएर काम गर्दा कक्षा ११ र १२ को प्रश्नपत्र नेपालबाटनै छाप्ने सुरुवात गर्नुभएको थियो । त्यस भन्दा अगाढी भारतमा प्रश्नपत्र छाप्ने गरिएको थियो ।

त्यसैगरी श्रेष्ठकै पालामा नेपाललाई विश्व व्यापार संगठनको सदस्य वनाउने सन्धर्वमा २ वर्ष सम्म जेनेभामा खटाइएको थियो । अहिले पनि श्रेष्ठ संघीय लोकसेवा आयोगको कपी चेक जाँच गर्ने, परिक्षाको अन्तरवार्ता लिने काम गर्दै आउनुभएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



अब हेटौंडाबाटै लाइसेन्स हातैमा

जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै

जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा

प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top