क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन

रंगमञ्च प्रकाशित मिति:

काठमाडौं, चैत ३० – क्रिकेटमा एक ओभरमा कतिसम्म रन बनाउन सकिएला रु ट्वेन्टी ट्वेन्टी क्रिकेटको विकाससँगै २०र२५ रन त सामान्य नै लाग्न थालिसक्यो । ६ बलमा ६ छक्का नै हान्न सके पनि ३६ रन मात्र बनाउन सकिन्छ । नोबल, वाइड भएमा अरु केही रन होला । तर क्रिकेटमा सोच्न पनि नसकिने चमत्कार भएको छ ।

 ४ बलमा ९२ रन । तर मुख्य कुरा यति असम्भव रन सम्भव हुनुमा ब्याट्सम्यान भन्दा धेरै बलरको भूमिका छ । यस्तो चमत्कार बंगलादेशको ढाकामा चलिरहेको सेकेन्ड डिभिजन लिग क्रिकेटमा भएको हो । सिटी क्लब क्रिकेट मैदानमा भएको एक्सियोम र लालमटिया क्लबबिचको खेल क्रिकेट इतिहासमै अनौठो घटना भएको छ ।  लालमटियाको तर्फबाट पहिलो ओभर बलिङ गरेका सुजोन महमुदले जम्मा ४ बलमा ९२ रन खर्चिए । जसमा ६५ वाइड रन ९१३ वाइड बल० र तीन नोबलमा १५ रन साथै बाँकी १२ रन सहि बलमा आएको थियो । ५० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै लालमटियाले १४ ओभरमा ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य एक्सियोम क्लबले ४ बलमै भेट्टायो । तर बलर महमुदलाई बलिङ गर्न नआएर यस्तो खराब प्रदर्शन गरेका भने होइनन् । अम्पायरको निर्णय निकै खराब भएको भन्दै लालमटिया क्लबले विरोध गर्दै यस्तो खेल खेलेका हुन् । 

ढाका ट्रिब्युनले लालमटियाका जनरल सेक्रेटरी अदनान रहमानलाई उद्धृत गर्दै भनेको छ, ‘अम्पायरले निकै खराब निर्णयहरु गरेका थिए, यसैले विरोधस्वरुप यस्तो गरिएको हो ।’  ‘टस गरेदेखि नै अन्याय भएको थियो, हाम्रो कप्तानलाई सिक्का नै नदेखाइ पहिले ब्याटिङ भनेर बोलाइयो, हाम्रा नौजवान खेलाडीले त्यस्तो अन्याय सहन सकेनन् र खेलबाटै विरोध गरे ।’




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216526 Times Visited.

Top