मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

मकवानपुर समाचार

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै


  • मकवानपुर समाचार
  • 6 पटक पढिएको
हेटौंडा ।

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

 उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै पर्ने गरेका छन् । चालु आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पनि सरकारवादी फौजदारीमा सवै भन्दा धेरै मुद्धा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासमा मकवानपुर र चितवन जिल्लाको मुद्धा आउने गरेको छ । त्यस मध्यमा सबै भन्दा वडी सरकारवादी फौजदारीमा चालु आर्थिक वर्षको साउन महिना देखि कार्तिक २० गते सम्ममा अरु मुद्धाको तुलनामा सबै भन्दा वडी सरकारवादी फौजदारीमा १ सय ३३ वटा मुद्धा परेका छन् ।

सरकारवादी मुद्धामा बितेको आर्थिक वर्षमा जिमेवारी सरेर १ सय २५ वटा आएको छ । चालु आर्थिक वर्षको कार्तिक २० गते सम्मा यस अन्तरगत २ सय ५८ वटा मुद्धा रहेको उच्च अदालत पाटन हेटौंडा इजलासका रजिष्टार विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यसपछी दुनियावादी देवानीमा जिमेवारी सरेर आएकमो समेत गरी १ सय ४४ वटा, दुनियाँवादी फौजदारीमा ८९ वटा, वाणिज्यमा ६१ वटा, निषेधाज्ञामा २१ वटा, परमादेशमा ९ वटा मुद्धा परेको उहाँले जानकारी दिनुभयो ।

चार महिनामा ४१ प्रतिशत मुद्दा फर्स्यौट

उच्च अदालत पाटनको हेटौँडा इजलासले चालू आर्थिक वर्षको चार महिनामा ४१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले सार्वजनिक गरेको चौमासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष ०७६।०७७ को चार महिनामा ४० दशमलव ९१ प्रतिशत मुद्दा फर्स्यौट भएको हो ।

गएको साउनदेखि २० कात्तिकसम्म अदालतमा दर्ता भएका मुद्दा तीन सय १३ र अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका दुई सय ८१ गरी कुल पाँच सय ९४ मुद्दामध्ये दुई सय ४३ मुद्दा फर्स्यौट गरिएको रजिस्ट्रार विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार अदालतमा चार महिनामा दर्ता भएका मुद्दामध्ये तीन सय ५१ मुद्दा फर्स्यौट हुन बाँकी छ ।

दोस्रो चौमासिकमा बाँकी मुद्दा फर्स्यौट गर्ने लक्ष्य अदालतले लिएको छ । रजिस्ट्रार श्रेष्ठका अनुसार साउनमा ३० वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकोमा २८ वटा मुद्दा फर्स्यौट भएको छ । भदौमा ६५ मुद्दा फर्स्यौट गर्ने लक्ष्य रहेकोमा १ सय ३, असोजमा २६ वटा मुद्दा फर्स्यौट गर्ने लक्ष्य रहेकोमा ४७ वटा मुद्दा फर्स्यौट भएका छन् । कात्तिक २० सम्म अदालतले ५० मुद्दा फर्स्यौट गरेको छ ।

निवेदन शतप्रतिशत फर्स्यौट

अदालतले चालू आर्थिक वर्षको हालसम्म दर्ता भएका निवेदन शतप्रतिशत फर्स्यौट गरेको छ । चार महिनामा अदालतमा ५२ वटा निवेदन दर्ता भएका थिए । त्यसैगरी, दर्ता भएका ६० वटा प्रतिवेदनमध्ये अदालतले ५४ वटा फछ्र्योट गरेको छ । अदालतमा सबैभन्दा बढी सरकारवादी फौजदारी मुद्दा दर्ता भएका थिए । २ सय ५८ वटा सरकारवादी फौजदारी, दुनियावादी देवानी एक सय ४४, दुनियावादी फौजदारी ८९, वाणिज्य ६१, निषेधाज्ञा २१, परमादेश ६ र उत्प्रेषण नौवटा दर्ता भएका अदालतले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



अब हेटौंडाबाटै लाइसेन्स हातैमा

जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै

जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा

प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top