मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

मकवानपुर समाचार

हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास


  • मकवानपुर समाचार
  • 69 पटक पढिएको
हेटौंडा ।

हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास

 हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल भारत मैत्री वहुप्राबिधिक महाविद्यालयको बषौपछी आज शिलान्यास गरिएको छ । महाँबिद्यालय निर्माण गर्ने योजना वनेको २२ वर्षपछी आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो ।

वषौदेखि अलपत्र अवस्थामा रहेर काम अगाढी वढ्न नसकेको महाँबिद्यालयको पौडेलकै पहलमा अहिले शिलान्यास गर्ने सम्मको काम भएको हो । २५ बिगाहा क्षेत्रफलमा निर्माण गरिने महाँबिद्यालयको भवन ५८ करोड ४४ लाख रुपैयाँ भारतिय सहयोगमा दुईवर्ष भित्रमा सम्पन्न गर्ने योजना छ ।

आज मुख्यमन्त्री पौडेलले भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमारको उपस्थितीमा शिलान्यास गर्नु भएको हो । भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशकभन्दा बढी अवधिसम्म पनि निर्माण हुन नसकेकोे नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको नेपाल र भारतिय पक्षबाट बिभीन्न कारण देखाउँदै काम गर्न सकिएको थिएन । महाँबिद्यालय निर्माण गर्ने भएपनि त्यसक्षेत्रका रुख कटान नहुँदा बषौदेखि काम सुरु हुन सकेको थिएन । तर, अहिले रुख कटानको काम सकिएपछी महाविद्यालय निर्माण गर्ने बाटो खुलेको हो ।

महाँबिद्यालयबाट प्रत्यक वर्ष २५ सय प्राबिधिक बिद्यार्थी उत्पादन हुन्छ –मुख्यमन्त्री पौडेल

महाँबिद्यालयको शिलान्यास गर्दै प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्यक वर्ष २ हजार ५ सय प्राधिक विद्यार्थी उत्पादन हुने गरी काम सुरु गर्ने वताउनुभयो । बिभीन्न चार प्राबिधिक विषयमा पढाईहुने वताउँदै उहाँले भन्नुभयो–‘अहिले पहिलो चरणमा चार वटा विषयमा पढाइ हुन्छ । हरेक वर्ष २५ सय बिद्यार्थी उत्पादन गरेर नेपालका उद्योग, कलकारखानामा पठाउँछौ ।’

अव प्रविधिक शिक्षा दिनुपर्छ भन्ने सरकारको नीति अनुसार काम गर्न लागिएको वताउनुभयो । अहिलेको शिक्षा रोजगारमुखी नभएका कारण पनि प्राबिधिक शिक्षाको आवस्यक्ता परेको उहाँको भनाई छ ।

समयमा काम हुन नसकेका कारण २२ वर्षदेखि महाँबिद्यालय अलपत्र परेको वताउँदै उहाँले भन्नुभयो–‘शिलान्यास भएर पनि काम नभएका कयौ उदाहरण छन् । तर, यस महाँबिद्यालय निर्माणमा त्यस्तो नहोस, यसको काममा ढिला सुस्ती म आफै हुन दिन्न । म बिहान, बेलुकोका समय मिलाएर निगरानी गर्छु ।’ गौरिटारको रंगशाला र यो महाबिद्यालय एकै पटक निर्माण गर्नेगरी काम गर्नुपर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो । तोकिएको समय भन्दा अगाडी काम सकेमा प्रदेश सरकारले निर्माण कम्पनिलाई पुरस्कृत गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल र भारतका बिद्यार्थीका लागि बहुप्राबिधिक महाँबिद्यालय उपयोगी हुन्छ–मन्त्री दुलाल

प्रदेश नम्बर –३ का सामाजिक विकास मन्त्री युवारज दुलालले नेपाल र भारतका बिद्यार्थीका लागि हेटौंडामा निर्माण गर्न लागिएको बहुप्राबिधिक बिद्यालय उपयोगी हुने वताउनुभएको छ । महाँबिद्यालयको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यहाँबाट नेपालभरी र भारतका बिद्यार्थीलाई प्राबिधिक शिक्षा लिन उपयोगि हुने वताउनुभयो ।

भारतिय लगानीका धेरै परियोजना मध्यमा यो काम महत्वपूर्ण भएको मन्त्री दुलालले वताउनुभयो । विकासका लागि संघियता आउनैपर्ने वताउँदै उहाँले भन्नुभयो–‘मुलुकमा संघियता आएपछी यस महाँबिद्यालय निर्माणको काम सुरु भएको छ । प्राबिधिक शिक्षा दिने हुँदा यो सवैका लागि उपयोगि पनि हुन्छ । धेरै मेहनत पछी महाँबिद्यालयको शिलान्यास गर्न सफल भएका छौ ।’

कार्यक्रममा भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमार, प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका बिभीन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, बिभीन्न सरकारी कार्यालयका प्रमुखहरु ल्गायतकाको सहभागिता रहेको थियो ।

२२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको शुरुआती

विसं २०५४ मा हेटौँडा नगरपालिकाका तत्कालीन नगरप्रमुख डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको २२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको शुरुआती पहलकर्ता तत्कालीन नगरप्रमुख अर्थात् प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नै शिलान्यास गर्नु भएको हो ।

महाविद्यालय निर्माणको प्रयास थालेको १२ वर्षपछि माधवकुमार नेपाल सरकारको पालामा विसं २०६६ फागुन ४ गते तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो तर पनि काम भने अगाडि बढ्न सकेको थिएन ।

सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको आज शिलान्यास गर्ने कार्यक्रम तय भएको हो । बहुप्रतिक्षित र देशको आवश्यकताको परिपूर्ति हुनेगरी निर्माण हुन लागेको तथा मुख्यमन्त्री पौडेलकै पहल र सक्रियतामा निर्माण हुन लागेको हो ।
उहाँका अनुसार मुख्यमन्त्री डोरमणि पौडेल हेटौँडा नगरपालिकाको प्रमुख हुँदाको योजना २२ वर्षपछि पूरा हुने दिशातर्फ गएको हो ।

५८ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कशपप्लेस, छात्रावास तथा आवास

महाविद्यालयमा भारतीय अनुदानको ५८ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कशपप्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ ।

भारतीय निर्माण कम्पनी टिसिएनआइ र नेपालको आरोग्य कन्ट्रक्सन कम्पनीद्वारा संयुक्तरुपमा निर्माणकार्य अगाडि बढाइएको छ । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा जमीनमा भवन निर्माण हुन लागेको हो । “हामीले त्यतिखेरै आवश्यक ठानेर निर्माणको योजना ल्याएका थियौँ, बीचमा निर्माणकार्य अगाडि बढेन, म कसैलाई दोशारोपण गर्दिनँ तर धेरै बाधा र अड्चनको सामना गर्दै महाविद्यालयको शिलान्यासको चरणमा प्रवेश गरेका छौँ, अब तीन वर्ष्भित्र महाविद्यालयको निर्माणकार्य सम्पन्न भएर कक्षा सञ्चालन हुन्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

महाविद्यालयको स्थापनापछि देशलाई आवश्यकपर्ने हरेक क्षेत्रका दक्ष जनशक्ति उत्पादन हुने हुँदा यहाँका विभिन्न क्षेत्रमा कार्यरत विदेशी प्राविधिकहरु विस्थापित भई स्वदेशी प्राविधिकले अवसर पाउने तथा कतिपय प्रतिष्ठानका अदक्ष कामदारलाई दक्ष जनशक्तिले विस्थापित गरी उत्पादन वृद्धि हुने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पौडेलका अनुसार प्रदेश सरकारले लगानी गरेका कतिपय क्षेत्रमा प्राविधिक तथा दक्ष जनशक्ति अभावले समस्या पारेको छ । कतिपय निजी क्षेत्रसमेत दक्ष जनशक्ति अभावको सामना गरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका मध्ये अधिकांशले आवश्यक सीप सिकेका छैनन् । जसका कारण कम तलबमा काम गर्नुपरेको छ । प्राविधिक महाविद्यालयको स्थापनाले देशको दक्ष जनशक्ति अभावलाई धरै हदसम्म पूर्ति गर्नेछ ।

विसं २०५४ मा नगर प्रमुख हुँदा उहाँले प्राविधिक महाविद्यालय स्थापनाका लागि पहल शुरु गर्नुभएको थियो । नगरप्रमुखबाट बहिरिए पनि पौडेलले महाविद्यालयको स्थापनाका लागि सक्रियता जारी नै राख्नुभएको थियो । प्रदेश ३ को मुख्यमन्त्री भइसकेपछि भने पौडेलको प्रयासले गति पायो र उहाँको प्रयासले मूर्तरुप लिँदै शिलान्यासको अवस्थामा आइपुगेको हो ।

सङ्घीय सरकारसँगको सहकार्यमा प्रदेश सरकारले महाविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको जनाइएको छ । “जग्गा मात्रै हैन मुख्यमन्त्री ज्यूको सक्रियता र पहल कदमीकै कारण महाविद्यालय निर्माणको शिलान्यासको अवस्थामा हामी पुगेका छौँ”, सिटिइभिटीका प्रदेश ३ प्रमुख कृष्णबहादुर केसीले भन्नुभयो ।

प्रमुख केसीका अनुसार महाविद्यालय निर्माणपछि देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन भई बेरोजगारी समस्या समाधानमा समेत योगदान पुग्नेछ ।  महाविद्यालयमा पहिलो चरणमा ‘डिप्लोमा’ तहको ‘आइटी’, ‘मेकानिकल’ र ‘इलेक्ट्रिक’ विषयको अध्ययन अध्यापन हुनेछ भने आवश्यकताअनुसारका प्राविधिक कक्षा सञ्चालन हुँदै जानेछन् । सिटिइभिटीइ प्रमुख केसीका अनुसार दक्षिण एशियास्तरीय महाविद्यालयका रुपमा यस महाविद्यालयलाई बिस्तार गरिने योजनासमेत रहेको छ ।

चार विषयमा तीनवर्षे डिप्लोमा कोर्ष सञ्चालन गर्ने लक्ष्य

महाविद्यालयमा हाललाई एसइई उत्तीर्णपछिको विभिन्न चार विषयमा तीनवर्षे डिप्लोमा कोर्ष सञ्चालन गर्ने लक्ष्य लिइएको छ । साथै विभिन्न प्रकारका प्राविधिक तालीम पनि उपलब्ध गराइनेछ । देशका लागि आवश्यक औद्योगिक जनशक्ति उत्पादनका लागि पनि महाविद्यालयले भूमिका खेल्नेछ । महाविद्यालय निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएपछि भारतीय दूतावासले भवन निर्माणका लागि बोलपत्र आह्वान गरी सम्पूर्ण प्रक्रियासमेत सम्पन्न गरिसकेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



अब हेटौंडाबाटै लाइसेन्स हातैमा

जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै

जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा

प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top