मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

मकवानपुर समाचार

द्वन्दले खुसी खोसियो,कोख रित्तियो


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
मकवानपुर

द्वन्दले खुसी खोसियो,कोख रित्तियो

,उमेरले छ दशक काटेको छ,आफ्नै घर पनि बिस्तारै बिरानो हुँदैछ । बुढेशकाल लाग्दैछ । घर खरले छाएको छ,भित्ता माटोले लिपिएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ का ६१ बर्षीय भीम बहादुर रखाल सुस्केरा हाल्दै घरको पिँडीमा थ्याथ्च बस्छन् उनकी ६० बर्षीया पत्नी बर्तमायाँ घर नजिकैको खोरमा रहेको बाख्रालाई घाँस हाल्न जान्छिन् । तत्कालिन बिद्रोही माओवादीले संचालन गरेको सशस्त्र युद्धका क्रममा भीम बहादुरले दुईभाइ छोरा गुमाउनु भएको हो । 

जेठा छोरा अर्जुनको त पत्तो नै लागेको छैन । २०५७ सालमा शादा पोशाकमा खटिएका प्रहरीले बल खेल्नेक्रममा रौतहटबाट अर्जुनलाई पक्राउ गरेर बेपत्ता बनाएका हुन् । अर्जुनको बिषयमा उनलाई केही थाहा छैन । अर्जुनकी छोरी ऊ बेलामा दुई बर्षकी थिइन् अहिले १९ बर्षीकी भइन् । कान्छो छोरा डिल बहादुर भने २०६० सालतिर सिराहामा भिडन्तमा मारिएको पार्टीका मान्छे(तत्कालिन माओवादी)का कार्यकर्ताहरुले भीमलाई जानकारी गराएका छन् । डिल बहादुरको पनि शव उनले पाएनन् । काजक्रिया दुबै छोराको गरेका छैनन् । छोराहरुको अभावमा बाँच्नै गाहे भएको उनीहरुले पीडा पोखे । अहिले हिजो युद्ध गरेकै पार्टी सरकारमा भएपनि आफूहरुलाई कहिल्यै नहेरेको देख्दा आफूहरुलाई पनि मारिदिने हुन्थ्यो जस्तो लागेको भीम बहादुरको भनाइ छ । 

पढाइ रोकियो

अर्जुन रखाललाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाउदा उनकी छोरी लक्की जम्मा दुई बर्षमा थिइन् अहिले उनी १९ बर्षमा पुगेकी छन् । बुवाको नाउमा राज्यले दिएको दश लाख मध्य केही रकम खर्च गरेर उनले कक्षा १२ सम्मको पढाइ सकेकी छन् । अब पैसा नभएका कारण पढ्न नपाएको लक्कीले नेपाल समाचारपत्रसँग गुनासो गर्नुभयो । कमाउने,संरक्षण गर्ने बावु नै नभएपछि आफ्नो पढाइ रोकिएको उहाँ बताउनुभयो । अर्जुनकी पन्ती पद्मा रानाले रौतहटको चपुरमा सानो पसल संचालन गर्नु भएको र सोही पसलबाट आएको आम्दानीले आफूहरुको गुजारा चलेको लक्कीको भनाइ छ । 

अर्को दर्दनाक कथा

 द्वन्द हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा बस्दै आउनु भएका पद्मजन्ग थापाको पनि घर उजाडिएको छ । उहाँको पनि दुई भाइ छोरा माओवादी आन्दोलनमा लागेका क्रममा मारिएका छन् । पद्मको जेठो छोरा राजुलाई २०५८ सालमा सेनाले नियन्त्रणमा लिएर मकवानपुरकै बकैयामा गोलीहानी हत्या गरेको हो भने साइलो छोरा भजन बन्दीपुरमा भिडन्तमा परेर मारिनु भएको हो । पद्मको घरमा पुग्दा उहाँ छतमा बसेर नेपाल समाचारकर्मीलाई कुर्दै हुनुन्थ्यो । कुरा शुरु भएपछि उहाँको आँखामा अबिरल बलिन्द्र धारा आँशु झरिरहेको थियो । उहँको एकमात्रै भनाइ थियोःप्रचण्ड र ओलीहरुले पनि आफूहरुलाई बिर्से । हिजो युद्धका क्रममा गरेको बाचाहरु सरकारमा पुगेपछि तत्कालिन माअ‍ोवादीले बिर्सिएको भन्दै पद्मले रुदै आफ्ना पीडा नेपालसमाचारपत्रसँग पोख्नुभएको छ । 







सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top